मधेसी दलको ५० लाख घोषणाबारे जानकारी माग

CA_Tharu 01

व्यवस्थापिका संसदमा मधेसवादी दलका नेताले मधेस आन्दोलनमा सहादतप्राप्त भए परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको विषयमा सांसदहरुले चर्को विरोध गरेपछि संसदले यसबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
सभामुख सुवास नेम्वाङले यसबारे सांसदहरुले विषय उठान गरेको बताउँदै संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा कांग्रेस सांसद रोमी गौचन थकालीले तराई आन्दोलनमा सहादत प्राप्त गर्नेलाई जनही ५० लाख रुपैयाँ प्रदान गर्ने भनी पत्रपत्रिकामा आएका समाचारप्रति सदन र सरकारको ध्यान जानुपर्ने भन्दै कारबाही माग गरेका थिए।
उनले ५० लाख दिने पार्टीको आर्थिक स्रोत के हो भनी प्रश्न गरेका थिए। उनले कानुनबमोजिम कारबाही गर्न माग गरे।
सांसद जनकराज जोशीले  केही राजनीतिक दलका तर्फबाट जनतालाई आन्दोलनमा आउन आह्वान गर्दै मृत्यु भए ५० लाख दिन्छु भनी घोषणा गर्नु राजनीतिको मूल्य र मान्यताविपरीत भएको बताए।
उनले कानुनको उल्लंघन गरेको बताउँदै कारबाही माग गरे।
अर्का सांसद तुलाराज विष्टले पनि मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरे ५० लाख दिन्छौं भनी पत्रपत्रिकामा आएको समाचारले स्तब्ध तुल्याएको बताएका थिए।
सांसद प्रभु साहले प्रदेशका नाममा विभिन्न जिल्ला आन्दोलनबाट प्रभावित भइरहेको र सरकार मूकदर्शक बनिरहेको भन्दै तत्काल सम्बोधन गर्न माग गरेका थिए।

Leave a Reply

Your email address will not be published.