गुन्डा नाइके कुमार ‘घैंटे’ इन्काउन्टरमा मारिए

kumar ghate with gunगुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी भिडन्तमा मारिएका छन्। सामाखुसी क्षेत्रलाई आधार बनाएर संगठित अपराधमा संलग्न घैंटे र प्रहरीबीच बिहीबार बिहान कपुराधारास्थित ब्रिटिस चिहान नजिक गोली हानाहान भएको थियो। उनलाई महराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनीसहित अन्य दुई जना सहयोगी पनि गोली लागेर घाइते भएका छन्।
‘प्रहरीलाई देखेर गोली हानेपछि प्रहरीले पनि प्रतिकार गरेको थियो,’ महानगरीय अपराध मशाखाका एसएसपी सर्वेन्द्र खनालले भने, ‘उनको छातिमा ८ वटा गोली लागेको छ।’

कुख्यात डन दिनेश अधिकारी ‘चरी’ मारिएपछि घैंटे मलेसियामा बस्दै आएका थिए। वैशाख १२ गतेको महाभूकम्पपछि उनी नेपाल फर्किएका थिए। नेपाली कांग्रेसका नेताहरुसँग निकट मानिएका उनले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलनमा समेत जुटेका थिए। उनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाई राहत हस्तान्तरणसमेत गरेका थिए।

केही अघिमात्र उनले एसएलसी उत्तीर्ण भएका विद्यार्थीलाई सहयोग गर्न सामाखुसी युथ क्लबमा कार्यक्रम आयोजना गरेका थिए। जसको प्रमुख अतिथि शिक्षामन्त्री चित्रलेखा यादव सहभागी थिए।

Leave a Reply

Your email address will not be published.