उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीलाई थारु विद्यार्थी समाजको सम्मान

थारु विद्यार्थी समाजले यस वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याएका थारु विद्यार्थीहरुलाई सम्मान गरेको छ। केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा १ सय १७ जना विद्यार्थीहरु सम्मानित भएका थिए। तीमध्ये सबैभन्दा धेरै नम्बर ल्याएक चार जनालाई नगदसहित सम्मान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि सांसद तेजुलाल चौधरीले मान्छेको जीवनमा शिक्षा महत्वपूर्ण भएकाले सबैलाई पढ्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने बताए। नाइटिङ्गेल फाउन्डेशनका संस्थापकसमेत रहेकाले मेधावी विद्यार्थीलाई आफ्नो फाउन्डेशनले पनि छात्रवृत्ति दिने गरेको उल्लेख गर्दै सबै विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न शुभकामना दिएका थिए।

कार्यक्रममा गुठी संस्थानका अध्यक्ष एवं समाजका सल्लाहकार मीनराज चौधरी, रमेश चौधरी, थाकसका पूर्वमहामन्त्री भुलाई चौधरी, थाकस उपत्यका समितिका अध्यक्ष सुमन चौधरी, थारु सेवा समितिका विद्यानन्द चौधरी, थारु महिला समाजका गीता चौधरी, समाजसेवी एनआर चौधरी, शिव चौधरीलगलायत अतिथिले विद्यार्थीको भविष्य उज्जवल होस् भनी शुभकामना दिएका थिए।

Leave a Reply

Your email address will not be published.