प्रहरी दमनको विरोध गर्दै गृहमन्त्रीको पुतला दहन

Putla

सप्तरीमा प्रहरीको गोली लागेर राजीव राउतको मृत्यु भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीले गृहमन्त्री बामदेव गौतमको पुतला जलाएको छ। बुधबार बेलाटारीमा बिरोध र्‍याली निकालेर गृहमन्त्रीको पुत्ला जलाइएको हो। विरोध र्‍याली त्रिभुवन क्याम्पस बेलाटारीको प्रांगणमा कोणसभामा परिणत भएको थियो।

घटनाको विरोधमा नवलपरासीका सेमरी, महेसपुर, झुलनीपुर, बेलाटारी, रानीनगर लगायतका बजारहरु बन्द गरिएको छ। त्यसैगरी मधेसीमोर्चा र थरुहटले आह्वान गरेको बन्दको प्रभाव नवलपरासी सदरमुकाम परासी लगायतका क्षेत्रमा परेको छ। पूर्वपश्चिम राजमार्गमा भने गाडीहरु चलिरहेका छन् । प्रहरीको स्कर्टिङमा गाडीहरु चलिरहेका छन्।

Leave a Reply

Your email address will not be published.