माथिको तस्बिरमा देख्नसक्नुहुन्छ- सभासद् योगेन्द्र चौधरी, तेजुलाल चौधरीसँगै नेपाली कांग्रेसका समानुपातिक सभासद् डिल्ली चौधरी पनि मञ्चमा आसिन छन्। यो मञ्च बर्दियाको आमसभाको हो। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले स्वायत्त थरुहट प्रदेश र कैलाली-कञ्चपुरलगायत तराईका जिल्ला पहाडमा मिसाउन नहुने भन्दै आन्दोलन गरिरहेको छ। यही समितिले आज बर्दियामा बिशाल आमसभाको आयोजना गरेको हो। जसमा डिल्ली चौधरी पनि सहभागी छन्।
अखण्डसुदूरपश्चिमको नारा लगाउनेमध्येका मुख्य नेता शेरबहादुर देउवाका दाहिते हात हुन् डिल्ली चौधरी। त्यही भएर यसअघि उनले थारुको आन्दोलनमा विरलै देखिन्थे। ढिलै भए पनि उनी थारु आन्दोलनमा होमिएका छन्। उनका सहयोगीका अनुसार डिल्ली चौधरीले शेरबहादुर देउवालाई थर्काएर आन्दोलनमा होमिएका हुन्।
कैलाली-कञ्चनपुर अखण्डमा मिसाएको झोक उनले अन्नतः देउवामाथि निकाल्दै आन्दोलनमा होमिएको ती सहयोगीले थारुवानलाई बताए। बर्दियाको गुलरियामा आयोजित सभामा उल्लेख्य थारु समुदायको उपस्थिति छ। सहभागीहरुले थरुहट जिल्ला टुक्र्याउन पाइँदैन, चार शीर्ष दलका नेताहरु मुर्दावाद भन्दै नारावाजी गरेका छन्र
कार्यक्रममा नेपाली कांग्रेसका तेजुलाल चौधरी, डिल्ली चौधरी, थरुहट तराई पार्टीका गोपाल दहित, गंगा थारु, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, एमाओवादीका सन्तकुमार थारुलगायत स्थानीय नेताहरुको उपस्थिति छ।
Samachar jasto lekhdiye ni hune,Gopal Dahit nabhayepani naam ta highlight mai…….hahaha