चितनव, मकवानपुर र पर्सामा गाडी तोडफोड र आगजनी

Truck Jalayo

थारु कल्याणकारिणी सभालगायत थारु संघसंस्थाले गरेको बन्दको मारमा परिरहेका चितवनवासी फेरि आज ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण थप मारमा परेका छन्। थरुहट प्रदेशको माग गर्दै शुक्रवारदेखि चितवन बन्द गर्दै आएको थारु कल्याणकारिणी सभाको बन्द सँगै ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण चितवनको जनजीवन प्रभावित भएको छ।

भरतपुर, नारायणगढ, मुग्लीन, रत्ननगर, टाँडी, खैरहनी, पर्सा, भण्डारा, पिप्ले, पश्चिम चितवन, गीतानगर, रामपुर सँगै माडी क्षेत्रका बजारहरु बन्द छन् । पूर्व पश्चिम राजमार्ग र भित्र सडकमा मोटरसाइकल बाहेक सार्बजनिक र निजी सवारीका साधन गुडेका छैनन् । चितवनका उद्योग कलकारखाना, शैक्षिक संस्था पनि ठप्प छन्।

बन्दकर्ताहरु भने राजमार्ग क्षेत्रमा देखिएका छैनन्। बन्दका कारण बिचबाटोमा रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टीङ गरेर गन्तव्यसम्म लगेको छ।

यसैबीच बन्दको अवेज्ञा गरेको भन्दै चितवनको नारायणगढमा यात्रुवाहक बसमाथी तोडफोड भएको छ। नारायणगढस्थित लिलाचोकमा गुडिरहेको ना ४ ख ७४४३ नम्बरको बसमा तोडफोड भएको हो। मोटरसाइकलमा आएको एक समुहले बसको सिसा फुटाइदिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ।

तोडफोड पछि प्रहरीले स्कर्टीङ गरेर सो बस र बसका यात्रुहरुलाई गन्तव्य तर्फ पठाएको छ। सो गाडी काठमाडौंका लागि छुटेको थियो।

त्यस्तै बन्द अवज्ञा गरेको भन्दै नेपाल सदभावना पार्टी पर्साका  कार्यकर्ताले वीरगन्जको राधेमाईमा सरकारी गाडि तोडफोड गरेका छन् । बन्द कर्ताले  वीरगन्ज सुख्खा बन्दरगाहको बा १ ग २२६० नम्बरको सरकारी गाडि तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक दिवेश लोहनीले जानकारी दिए। वीरगन्जबाट ड्राईर्पोट जाने क्रममा राधेमाई टोलको पुलमा बन्दकर्ताले गाडि माथि ढुङ्गामुडा प्रहार गर्दा बाहनको पूरै सिसा फुटेको प्रहरीले  छ।

त्यस्तै मकवानपुरको हेटौंडामा बन्दकर्ताले ६ वटा गाडी तोडफोड गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै हेटौंडाको बसपार्क, बाइपास रोड, बुद्धचोक लगायतका स्थानमा ६ वटा गाडीमा  तोडफोड भएको हो। बन्दकर्ताले ५ वटा ट्रक र एउटा मोटरसाइकल तोडफोड गरेका हुन्।

Leave a Reply

Your email address will not be published.