कोषाध्यक्षमा पराजित भएका उमाकान्त चौधरी पनि केन्द्रीय सदस्यमा मनोनित

Umakant Chaudhary

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमाकान्त चौधरीसहित ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। देउवाले बुधबार १३औं महाधिवेशनमा आफूसँग पराजित भएका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

यसैगरी महामन्त्रीमा पराजित भएका नेताहरु अर्जुननरसिंह केसी, गगन थापा र कोषाध्यक्षमा पराजित भएका चित्रलेखा यादव र उमाकान्त चौधरीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेसले जनाएको छ।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि अस्वस्थ बनेका नेता नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ। आचार्य मष्तिस्कघात भएपछि महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार थिएनन्।

पार्टी विधानले सभापतिलाई दिएको अधिकार प्रयोग गर्दै देउवाले सातजनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। कांग्रेस विधानले सभापतिलाई उपभापति, एकमहामन्त्री र सहमहामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ। देउवाले सोही अधिकार प्रयोग गर्दै सात जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

सिटौला प्यानलबाट कोषध्यक्षमा उठेका चौधरी पराजित भएका थिए।

Leave a Reply

Your email address will not be published.