बन्दकर्ताले नवलपरासीमा तीनवटा गाडी जलाए, एकको मृत्यु

Chitwan Tharut Protestनवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन्।

बन्दकर्ताले ना३ख ६९२६ नं को ट्रक र बा१०च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा गाडी जलाएका छन्।

त्यसैगरी बन्दकै क्रममा गाडी पल्टिँदा नम्बर नखुलेको ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

नवलपरासीमा लगातार एक सातादेखि थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published.