एमाओवादीका गौरीशङ्कर चौधरीले प्रदेश विभाजनप्रति असहमति जनाउँदै कैलाली कञ्चनपुरलगायत स्थानमा भएका शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रशासनबाट भएको दमनप्रति विरोध जनाएका छन्। व्यवस्थापिका-संसद्को आजको बैठकमा बोल्दै उनले राज्यले दमनको नीति लिएको आरोप लगाए।
‘आफ्नो अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रदा राज्यले दमनको निति लिएको छ,’ उनले भने, ‘गणतन्त्र स्थापनापश्चात जनताले आफ्नो अधिकार पाउनेभन्दा पनि थप वञ्चित हुने अवस्था आएपछि देशभरी विभिन्न समूहले आन्दोलन र बन्द गरिरहेका छन्।’
नेकपा एमालेका जयप्रकाश थारूले थारू समुदायले आफ्ना हकको सुनिश्चितताका लागि गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अहिलेको प्रदेश विभाजनमा पुनःविचार गर्न आग्रह गरे। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का जनकराज चौधरीले सीमाङ्कनबाट थारू समुदायको अस्तित्व नामेट गर्ने प्रयास भएको आरोप लगाउँदै शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारू, आदिवासी र जनजातिमाथि भएको कुटपिटको विरोध गरेका छन्।
आजको बैठकमा सांसदहरूले शान्तिसुरक्षा तथा देशका विभिन्न भागमा भएका पछिल्ला घटनाका बारेमा उठाएका प्रश्नको जवाफ व्यवस्थापिका-संसद्को अर्को बैठकमा दिन सभामुख सुवास नेम्बाङले गृहमन्त्रीलाई निर्देशन दिएका छन्।
धन्यवाद जय प्रकाश जी, ढिलै भए पनि थारुको मागमा ऐक्यबद्धता जनाउनु भएकोमा । पहिला तपाई थारु हो त्यस पछि मात्रै कुनै राजनितिक दलको प्रतिनीधी ।
Jay prakash sir,pxadi hami huda tapaiharu lai chinxan. Hami vayanam vane tapailai pani cindainan vanne gyarennti x. Samayma tapai lagayat sabailai hos puryaun aagraha gardxau.
N