दाङका थारुले भने- राष्ट्रिय जनावर ‘गैंडा’ हुनुपर्छ

gaida

चन्द्रेश्वर चौधरी।
लमहीमा भएको मस्यौदामाथि छलफल र सुझाव संकलन कार्यक्रममा थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरी दाङले राष्ट्रिय जनावर ‘गैंडा’ हुनुपर्ने मागसहित आफ्नो सुझाव पत्र बुझाएको छ।
सभाको २ र ३ गते थारू बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तकहरुले छलफल गर्दै प्रारम्भिक मस्यौदामा उल्लेखित ‘गाई’ को नेपालको पहाडी र हिमाली भेगका अधिकांश आदिवासी जनजाति, दलितलगायतका समुदायहरुले सांस्कृतिक रुपमा गाईको मासु प्रयोग गर्ने गरेको र तराईमा पनि पुरोहितहरु दानका नाम आएका गाईलाई बेवास्ता गरी छाडा छोडने र बिक्री गर्ने गरेका पाइन्छ। तर विश्वमै दुर्लभ मानिने गैंडाको संरक्षण व्यापक रुपमा उठिरहेको अवस्थामा ‘गैंडा’ नै उपयुक्त हुने निष्कर्षका साथ राष्ट्रिय जनावर ‘गैंडा’ हुनु पर्ने माग गरिएको बताएका छन्।

सभाले प्रारम्भिक मस्यौदामा विभिन्न बूँदाहरुमा थारू जातिलाई आदिवासी जनजातिबाट अलग गरी थारू शब्द प्रयोेग गरिएको छ। यस थारू जातिको ऐतिहासिकता र पहिचान माथि नै ठूलो खतरा उत्पन्न गराएकोले आपत्ति प्रकट गर्दै संविधानमा थारू मात्रै नभई ‘आदिवासी जनजाति थारू’ लेखिनु पर्ने माग राखेको छ भने नामाङ्कन र सीमाङ्कनको विषय पनि यसै संविधानसभाबाट टुङ्गो लगाई कञ्चनपुरदेखि चितवनसम्मको १० जिल्लालाई थरुहट/थारूवान प्रदेश हुनुपर्ने माग पनि राखेको छ।

छलफलमा धर्मको विषयमा पनि व्यापक छलफल चलेको थियो। थारू जातिको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्रकृतिपूजक रहेको कुरा प्रष्ट रहेपनि बौद्धकालीन समयदेखि बौद्ध दर्शन अनुशरण गरेका र समयक्रमसंग नेपाल एकीकरणपछि मात्रै हिन्दूधर्मको आंशिक प्रभाव परेको देखिन्छ। तर, थारूहरु भने धर्म-कर्म भन्दापनि आफ्नो मौलिकतामा रमाउने समुदाय रहेकोले सबै धार्मिक समुदायलाई सम्बोधन धर्म निरपेक्ष शब्दले मात्रै समेटिने भएकाले धर्म निरपेक्ष नै संविधान लेखिनु पर्ने कुरा पनि सहभागीहरुले जोड दिएका थिए।

त्यसैगरी आदिवासी जनजाति आयोग, प्रथाजनित कानून र न्यायिक संस्थाको पूर्ण सम्मान हुनुपर्ने, आदिवासी जनजाति सम्बन्धि अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९, राष्ट्र संघीय आदिवासी जनजातिहरुको अधिकार सम्बन्धि घोषणा–पत्र लगायत अन्तर्राष्ट्रि सन्त्रि, सम्झौता, महासन्धिहरु कार्यान्वयनको प्रत्याभूति हुनु पर्ने लगायत झण्डै दुर्ई दर्जन बूँदा सहितको मागहरु राखेको छ।
सुझाव-पत्र सभाका सभापति हिरालाल चौधरीले माननीय सभासद्द्वय पार्वती डिसी चौधरी र योगेन्द्र चौधरीलाई संयुक्त रुपमा हस्तान्तरण गरे।

Leave a Reply

Your email address will not be published.