अशोक राईसहित चार मधेसी पार्टीद्वारा संविधानसभा बहिष्कार

Upendra Yadavदलहरुबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै आएका पाँच पार्टीले संविधानसभा बैठक बहिस्कार गरेका छन्। बैठकमा आफ्नो धारणा राख्दै उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रीक पार्टी, असोक राईको संघीय समाजवादी पार्टी, राजेन्द्र महतोको सद्वभावना पार्टी, महेन्द्रराय यादवको तराई मधेस सद्भावना पार्टीले संविधानसभा बैठक बहिस्कार गरेका हुन्। उनीहरुले चार दलबीच भएको १६ बुँदे सहमतिमा संघीयता अधुरो भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

संविधानसभा बैठकमा अहिले राजनीतिक संवाद तथा सहमति समितिले बिहिबार बुझाएको प्रतिवेदनबारे छलफल भइरहेको छ। आजनै प्रतिवेदनलाई संविधाननको प्रारम्भिक मसौदाको लागि मसौदा समितिमा पठाउने संविधानसभाको कार्यसूची छ।

Leave a Reply

Your email address will not be published.