बर्दिया तराईको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा

bardiyaबर्दिया जिल्लालाई तराइकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले शुक्रबार गुलरियामा आयोजित एक कार्यक्रममा बर्दियालाई खुला दिसामुक्त घोषणा गरेका हुन् । कार्यक्रममा गृहमन्त्री गौतमले सरसफाइ अभियान अरुका लागि नभइ आफ्नै लागि भएको र यसलाई आफैबाट सुरु गर्नुपर्ने बताए ।

चार नगरपालिका र २० गाविस रहेका बर्दिया जिल्लाका अधिकांश घरमा शौचालय निर्माण भएको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए ।

चार लाख ३६ हजार ५७६ जनसङ्ख्या रहेको बर्दियामा ८५ हजार ३७७ घरधुरी सङ्ख्या छ । यहाँ ७६ हजार ९८८ वटा पक्की र आठ हजार ३८९ वटा कच्ची शौचालय छन् ।

जिल्लामा संस्थागत र सामुदायिक शौचालय एक हजार ८९ वटा छन् । जिल्लामा १७ वटा सार्वजनिक शौचालय रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published.