थारु सभा झापाद्वारा भूकम्पपीडितलाई ३२ हजार

Tha Ka Sa, Dhaniram Chaudharyबिर्तामोड- थारु कल्याणकारिणी सभा झापाले भूकम्पपीडितका परिवारलाई ३२ हजार रुपैयाँ आइतबार उपलब्ध गराएको छ। विर्तामोडस्थित जात्रुबारीमा आयोजित एक कार्यक्रमका बीच सभाका झापा कार्यआँहक अध्यक्ष पुष्पलाल चौधरीले सभाका अध्यक्ष धनीराम चौधरीलाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि सभाका अध्यक्ष चौधरीले भूकम्पबाट क्षतविक्षत बनेको क्षेत्रलाई तराईका थारु समुदायले सहयोग गर्न पाउनु नेपालीबीच भाइचाराको उदाहरण भएको बताए। उनले राजनीतिक स्वार्थ त्यागेर दलहरु भूकम्पपीडितहरुका लागि राहत, उद्धार र पुनःनिर्माणमा जुट्नु पर्ने बताए।

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले ५९ आदिवासी जनजातिमध्ये थारु समुदायले चालेको यो कदम सराहनीय भएको बताए। उनले भूकम्पपीडितहरुको राहतका लागि महासंघभन्दा पहिला थारु कल्याणकारिणी सभाले कदम चालेको बताए। सभाले यसअघि गोर्खा, लम्जुङ, रसुवालगायत भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिसकेको उनले बताए। थारु सभा झापाले कार्य समिति तथा गाउँ समितिबाट संकलित रकम हस्तान्तरण गरेको हो।

थारु सभाका केन्द्रीय सदस्य हरिनारायण चौधरीको स्वागत मन्तव्य तथा जिल्ला सचिव हरिप्रसाद चौधरीको सञ्चालन रहेको कार्यक्रममा शेषलाल चौधरी, मोतीलाल चौधरी, तेजप्रसाद चौधरी, भगवान चौधरी, शुकदेव चौधरीलगायतको आतिथ्यता रहेको थियो।

Leave a Reply

Your email address will not be published.