नमूना भूइह्यारथानको उदघाटन जेठ ३० गते

Thanhwa_dang 04

तुलसीपुर- भुइह्यारथान (ठन्ह्वा) संस्थाको उद्घाटन जेठ ३० गते गरिने भएको छ। भूह्यारथनाका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले जिल्लाको नमूना भूह्यारथानको उद्‍घाटन जेठ ३० गते गर्ने निर्णय गरेको हो। 

कार्यक्रम व्यवस्थापनका लागि अध्यक्ष चौधरीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यमा राजबहादुर घर्ती, नारायण चौधरी, चन्द्रप्रसाद चौधरी छन्।

त्यस्तै टेन्ट तथा मञ्च व्यवस्थापनमा जीवराज चौधरीको संयोजकत्वमा जगतराम चौधरी, रीता चौधरी छन्। अतिथि सत्कारको लागि इन्द्रजीत चौधरीको संयोजकत्वमा डा. सुरेन्द्र चौधरी, बासुदेब चौधरीको ३ सदस्यीय उपसमिति गठन गरको छ।

त्यस्तै पूजा सामग्री व्यवस्थापनको लागि जगतराम चौधरीलाई जिम्मेवारी दिइएको छ। प्रचार-प्रसारको लागि भने पत्रकार सन्तोष दहितललाई संयोजकको जिम्मेवारी दिइएको छ। खाना र भोजन व्यवस्थापनको लागि हीरालाल चौधरीको संयोजकत्वमा चन्द्रलाल चौधरी, सहिराम चौधरीलाई जिम्मवेरी तोकेको छ।

तुलसीपुर-६ जवरपुमा निर्माणधीन भुह्यारथान जिल्लाकै नमूनाको रुपमा बन्दैछ। अध्यक्ष रामशरणका अनुसार पर्खाल, गेट, देवदेवता बनाउनेबाहेक अन्य काम लगभग सम्पन्न भइसका छन्। भूइह्यारथान निर्माणमा अहिलेसम्म ५ लाखभन्दा बढी खर्च भइसकेको संस्थाले जानकारी दिएको छ।

यो पनि पढ्नुस्: 

दाङमा नमूना भुह्यारथान (ठन्ह्वा)

Leave a Reply

Your email address will not be published.