प्रबासी थारू समाज यूएईको तेस्रो वार्षिक भेला सम्पन्न

UAE Tharuदामोदर दाहाल- प्रबासी थारू समाज यूएईले हिजो सुक्रबार २३ जनवरीमा तेस्रो बार्षिक भेला तथा माघी पर्व विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । दुबईको एभरेष्ट होटेलमा मनाइएको उक्त बार्षिक भेला सहितको माघी कार्यक्रममा नेपाली रास्ट्रिय गान सहित मैनबती बालेर कार्यक्रम सुरु गरिएको थियो।

आदिबासी जनजाति महासँघ युएईका अध्यक्ष डी आर गुरुङको प्रमुख आतित्यमा सञ्चालित उक्त कार्यक्रममा, प्रबासी नेपाली मंच युएई, जन प्रगतिसिल मंच युएई, नेपाली समाज युएई तथा एनआरएन लगायत, बिभिन्न क्रियाशील जातीय र जिल्ला स्तरीय संस्थाका प्रमुखहरु पनि अतिथिका रुपमा निम्त्याइएका थिए ।

कार्यक्रममा सस्थाकै प्रबक्ता राम प्रसाद महतोले माघी पर्बको विशेषताको बारेमा बताउदै थारु समुदायले माघीको अवसरमा बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना बनाउने, यसरी बितेको वर्षको समिक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँ स्तरमै बसेर बनाउने चलन रहेको बताए, यस दिन हरेकको घरमा मिस्टान्न भोजनमा सुङ्गुर, माछा, खीचडी,ढिकरी र कुखुराको मासु पाकेको हुन्छ। बर्षको अन्तिम दिन भएको हुनाले मिठो खाँदै मनोरञ्जन गर्ने चलन रहि आएको छ। यसैदिन घर घरपरिवारमा पनि अघिल्लो बर्षभरी गरेको कामको समिक्षा र आउने बर्षको लागि सरसल्लाह हुने गर्दछ। अहिले कमैया, कमलरी राख्ने कार्यलाई सरकारले नै निषेध गरेको जनाउँदै उनले भने थारु जाति भनेको नेपालका भुमिपुत्र हुन, अब थारुहरु माथि उठेको अबस्था छ प्रगतिसिल काममा अग्रसरता लगाएत विभिन्न ब्यबसायमा लगानीको पनि अग्रसरता बढेको छ त्यसैले आफुले जानेको शिपलाई आफ्नो देस बिकाशमा खर्चनु पर्छ भन्दै सबै जात जाति, समुदाय,मिलेर देशको समुन्नत भबिस्यको कल्पना गर्ने हो भने देश, समाज अनि परिवारको सुखद भबिस्यको कल्पना गर्न सकिने बताए।

विभिन्न जातिहरु तथा समुदायको बीच सहकार्य गर्दै थारु समाज युएईलाई स्थापना देखीनै यहाँ सम्म आउन प्रेरणा,हौसल्लाको साथै सल्लाह सुझाब सहितको उर्जा प्रदान गरेको भन्दै आदिबासी जनजाती महासंघ युएईका निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाकार, नेपाल मगर संघ युएईका लागी अन्तर्राष्ट्रिय प्रतिनिधि तथा प्रबासी नेपाली मंच युएईका उपाध्यक्ष गिरमान थापा मगरलाई दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।

थारु जातिका विविध सांस्कृतिक नाच तथा मौलिक भेषभुषा सहित मञ्चमा निस्किएका कलाकारहरुले कार्यक्रममा दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

कार्यक्रममा बिभिन्न परिकारका थारु समुदायको बिशेष खानपिनको ब्यबस्था सहित लक्की ड्र मार्फत पहिलो पुरुस्कार ल्यापटप एक जनालाई , दोस्रो सामसुङ मोबाईल एक जना लाई, तेस्रो ट्याब्लेट एक जनालाई र सान्त्वना पुरुस्कार घडी पाच जनालाई उपहारको ब्यबस्था गरिएको थियो ।

नेत्र थनेतको सभापतित्वमा संम्पन उक्त कार्यक्रममा सभापति थनेतले थारु समुदायहरुको लागी माघी पर्ब भनेको महान चाड हो, माघ १ गते थारु जातिहरुको नयाँ बर्ष पनि हो र यो थारुहरुको २६३९औ नयाँ बर्षमा यसरि युएईमा थारु समुदाएहरु एकै ठाउमा जम्मा भई महान चाड मनाउन पाउनु गर्बको कुरा हो भन्दै यो पर्वको धार्मिक, साँस्कृतिक तथा सामाजिक महत्व रहेको बताउदै उपस्थित सम्पूर्णलाई धन्यबाद दिए।

कार्यक्रमकै उक्त भेलामा आगामी २ बर्षका लागी नयाँ कार्यसमिति चयन गरेको छ उक्त समाजमा किशोर कुमार चौधरीको अध्यक्षतामा १६ सदस्यिय समिति निर्बिरोध चयन गरेको छ, प्रथम उपाध्यक्षमा दिपेन्द्र राज थनेत, दुतीय उपाध्यक्षमा जुगराम थारु, महासचिबमा मान बहादुर महतो, सचिब रुपेश चौधरी, कोषाध्यक्ष वासुदेव चौधरी, सह- कोषाध्यक्ष धर्मराज महतो, प्रबक्ता खेम नारायण महतो, त्यस्तै सदस्यहरुमा सपना चौधरी, राखी चौधरी, माहि चौधरी, रुक्मिणी चौधरी, बल बहादुर चौधरी, धर्मराज पावे, भागीराम चौधरी र तुलसी महतो रहेका छन्, संरक्षकमा नेत्र नारायण थनेत, प्रमुख सल्लाहकारमा राम प्रसाद महतो र प्रबासी थारु समाज युएईका नेपाल प्रतिनिधिमा भिम बहादुर महतो चयन भएका छन।

उक्त कार्यक्रमको संचालन मान महतोले ले गरेका थिए।

Leave a Reply

Your email address will not be published.