एमाले नेता ओली अमेरिकाको अस्पतालमा भर्ना

एमाले नेता केपी ओली बिरामी भएर अमेरिकाको न्युयोर्कस्थित नर्थ शोर अस्पतालमा भर्ना भएका छन्। एक्कासी उच्च ज्वरोले पीडित भएपछि उनलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको शरीरमा हेमोग्लोबिनको कमि भएको चिकित्सकहरुले जनाएका छन्। दक्षिण अमेरिकी र क्यारेबियन देशहरुका राजनीतिक दलहरुको महादेशीय संगठन ‘केपाल’को १९ औ साधारण सभामा भाग लिन ओली गत असोज १७ गते त्यसतर्फ गएका थिए।

एल साल्भाडोरको राजधानीमा असोज २६ गतेदेखि भएको सभामा उनले एसियाली राजनीतिक पार्टीहरुको संगठन ‘आइक्याप’ र एमालेका तर्फबाट प्रतिनिधित्व गरेका थिए।

सम्मेलनमा सहभागी भई अमेरिका पुग्ने क्रममा उनी बिरामी भएका हुन्। उनी कात्तिक १५ गते मात्र स्वदेश फर्कने कार्यक्रम थियो। उतैबाट उनी दक्षिण कोरियामा हुने प्रकोप न्युनीकरण सम्बन्धी सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम थियो।

Leave a Reply

Your email address will not be published.