बहुजातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान हुनुपर्छ : एमाले

वीरगन्ज- एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले अहिलेको संवैधानिक तथा राजनीतिक सङ्कट हटाउनका लागि नयाँ निर्वाचनको विकल्प नभएको बताएका छन्।

विजयदशमी तथा दीपावलीको उपलक्ष्यमा एमाले पर्सा क्षेत्र नं ३ द्वारा सोमबार कोइलाभार माई मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा उनले भने, ‘नेपाली जनताले चाहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा वर्तमान सरकार बाधक भएकाले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्छ।’
एमालेका केन्द्रीय सदस्य रामचन्द्रप्रसाद साह र नेता चिरञ्जीवी आचार्यले एमाओवादीको हठ र सत्ताकब्जा गर्ने रणनीतिका कारण संविधान निर्माण नै नगरी संविधानसभा विघटन हुन पुगेको बताउँदै नेपाली जनताले चाहेको सङ्घीय लोकतान्त्रिक संविधानको निर्माणका लागि जिम्मेवार भएर प्रस्तुत हुन एमाओवादीलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published.