आश्वासन बाँड्दै उम्मेदवार

मुकेश टेंर्रा, धनगढी- कैलालीका ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बा“ड्न थालेका छन्। पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेका दलहरु दोस्रो संविधानसभा बनाइदिनका लागि जनतासंग मत माग्न घरदैलो अभियानमा लागेका उम्मेदवारहरुले जनतालाई विकास र समस्या समाधान गरिदिने आवश्वासन बा“डिरहेका हुन्। उनीहरुले मतदातालाई आफ्नो चुनाव चिन्हमा मत दिएमा उनीहरुको सुविधा हुने विकास गर्ने र विभिन्न खाले समस्याबाट मुक्ति दिने बताइरहेका छन्।
उम्मेदवारहरुले पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेकोमा स्पष्टीकरण दिंदै जनतासंग मत मागिरहेका छन्। उनीहरु मध्ये ठूला दलका उम्मेदवारहरुले एकै वर्षमा संविधान दिने बाचा पनि गरिहेका छन्।
कैलालीमा ४४ वटा दलका एक सय ५२ जना र एक जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। क्षेत्र नं. १ मा ५३ हजार ६ सय ७७, २ मा ५२ हजार ४०, ३ मा ५४ हजार आठ सय ८४, ४ मा ५७ हजार दुई सय १६, ५ मा ५७ हजार नौ सय ३३ र ६ मा ५७ हजार नौ सय ११ जना मतदाता छन्।
एकीकृत नेकपा माओवादीबाट क्षेत्र नं. ६ मा उम्मेदवारी दिएकी लिला भण्डारीले आफू महिला भएकाले आफूले मात्रै महिलाको पीडा बुझ्ने र त्यो कुरा संविधानमा लेखाएर महिलालाई अधिकार दिलाउन सक्ने भन्दै मत मागीरहेकी छन्। सुदूरपश्चिममै उनी एक मात्रै ठूला दलको महिला उम्मेदवार हुनुले पनि उनलाई साथ दिएको छ। कांग्रेस र एमालेले सुदूरपश्चिममा प्रत्यक्षतर्फ महिला उम्मेदवार बनाएका छैनन्। किसानहरुलाई धान काट्न सहयोग गरी मत दिनका लागि आश्वस्त पारेकी भण्डारीको यस प्रकारको घरदैलो अभियानले निकै साथ दिएको छ। हरेक वर्ष डुवानमा पर्ने धनगढी नगरपालिकाका र फूलवारी गाविसका जनतालाई उनले बाढी र मोहना नदीको कटानको समस्याबाट मुक्ति दिंदै आश्वस्त पारिरहेकी छन्।
मुख्य प्रतिस्पर्धीको रुपमा पूर्वप्रधामन्त्री तथा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालाई पाएकी लिला भण्डारीले आफू महिला भएकाले मात्रै होईन, सुदूरपश्चिमाञ्चल र समग्र देश विकासका लागि आफूसंग आर्थिक समृद्धिका लागि योजना रहनुले पनि जित सुनिश्चित भएको बताउ“छिन्। उनले एकीकृत नेकपा माओवादीले वर्ग नविर्सेको, गरिबलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्ने र सुदूरपश्चिको विकास गर्न एमाओवादले मात्रै योजना ल्याउन सक्ने भएकाले आफ्नो जित्ने आधार सुनिश्चित रहेको बताइन्।
तर नेकपा एमालेबाट कैलाली क्षेत्र नं. ६ मा उम्मेदवार भएका महेश्वर पाठकले भने पहिलो संविधानसभाबाट संविधान नबन्नुको प्रमुख दोषी एकीकृत नेकपा माओवादी नै रहेको भन्दै मत मागिरहेका छन्। उनले एकीकृत माओवादीले जातीय संघीयताको कुरा उठाएको भन्दै आफूले त्यस्ता कुराको परास्त गर्न उम्मेदवारी दिइरहेको जनतालाई बताइरहेका छन्। उनले सुदूरपश्चिममा आर्थिक समृद्धि ल्याउनका लागि मतदातालाई एमालेले बहुमत पाउनुपर्ने पनि बताइरहेका छन्।
यसैगरी, कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले पनि थारुहरुलाई विशेष अधिकार दिने भन्दै आश्वासन बा“डिरहेका छन्। संघीयता आन्दोलनको बेला अखण्ड सुदूरपश्चिमको पक्ष कार्यकर्ता परिचालन र अभिव्यक्ति दिएका देउवाले थारु समुदायलाई रिझाउन त्यस्तो आश्वासन दिइरहेका हुन्।
साना दलका उम्मेदवारहरुले पनि आ–आफ्ना पार्टीको नीति र कार्यक्रम अनुसार जनतालाई आश्वासन दिइरहेका छन्। मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट कैलाली क्षेत्र नं. ६ मा उम्मेदवारी दिएका लक्ष्मण थारुले आफूले तराईमा दुई वटा प्रदेश सहित १० वटा पहिचान सहितको संघ भएको संविधान बनाउन उम्मेदवारी दिएको जनतालाई बताइरहेका छन्।
उम्मेदवारहरुले आफ्ना योजना पहिले भएका निर्वाचनमा झै मतदातालाई सुनाइरहेका छन्। त्यसरी उम्मेदवारहरुले आफ्ना कुरा भनिरह“दा जनताहरुलाई पुरानै धर्राको कुरा जस्तो महसुस भइरहेको छ। ‘दलहरुले भनेको पुर्‍याउलान् भनेर अझै पत्यार लागेको छैन,’ चौमालाका जनक चौधरीले भने।

Leave a Reply

Your email address will not be published.