‘मेरो विजय निश्चित’

minraj chaudharyकाठमाडौं- थरुहट तराई पार्टी नेपालका केन्द्रीय सचिव बर्दिया क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फबाट उम्मेदवार छन्। थारु बाहुल्य रहेको उक्त क्षेत्रमा अन्य पार्टीले पनि थारु समुदायकै उम्मेदवार बनाएका छन्। एमाओवादीले मानबहादुर चौधरी, कांग्रेसले किशोरसिंह राठौर, एमालेले लौटनकुमार चौधरी, फोरम नेपालले विजयाकुमारी चौधरी र फोरम लोकतान्त्रिकले मानबहादुर चौधरीलाई उम्मेदवार बनाएका छन्। यस्तो अवस्थामा मिनराजको स्थित के त? मिनराज भन्छन्, ‘यो थारु बाहुल्य क्षेत्र हो। थरुहट तराई पार्टीले पनि थरुहटको वकालत गर्दै आएको छ। त्यसैले मेरो विजय निश्चित छ।’

उनले हालैमात्र आफ्ना चुनाबी घोषणा पत्र सार्वजनिक गरेका छन्। उनको घोषणा पत्रमा के के छ त? विस्तृत हेर्नुस्:

…..

“आत्मनिर्णयको अधिकार सहित ऐतिहासिक जातिय पहिचानको आधारमा संघीयता बनाउने अठोट

सबै जाति, वर्ग लिंग र क्षेत्रको पहिचान, आत्मसम्मान, अधिकार, न्याय र विकासका लागि थरुहटमा भोट”

थरुहट तराई पार्टी नेपालको तर्फबाट

प्रत्यक्ष उम्मेदवार

मिनराज चौधरी

पाताभार ६ जनकनगर, बर्दिया

चुनाव चिन्ह :  ढक्या/ढक्की

बर्दिया जिल्ला क्षेत्र नं. ४ का आदरणीय न्यायप्रेमी जनसमुदाय

ऐतिहासिक थरुहट आन्दोलनको जगबाट स्थापना भएको थरुहट तराई पार्टी नेपाल स्वतन्त्रता, समानता, सामाजिक न्याय र सहभागितामूलक एवम् सहमतिय तथा साझेदारी प्रणालीको सिद्धान्तमा आधारित लोकतान्त्रिक गणतन्त्र एवम् संघीय समाजवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार्दै पार्टीको सम्पूर्ण संगठनात्मक जीवनमा लोकतान्त्रिक सिद्धान्त स्वीकार गर्दै सामुहिक नेतृत्वको परिपाटीलाई अंगिकार गरी थरुहट आन्दोलनले उठाएको मुद्दा तथा उपलब्धीलाई संस्थागत गर्दै थरुहट तराईका सबै नेपालीहरुको पहिचान, आत्मसम्मान, अधिकार र न्याय प्राप्तिका लागि एवं समग्र राष्ट्रको बृहत्तर विकासका निमित्त यो पार्टी सदा समर्पित रहेको कुरा सर्वविदितै छ।

यहा“का बहुसंख्यक आदिवासी जनजाति, दलित, मुस्लिम, मधेशी, पिछडावर्ग तथा अल्पसंख्यक जात जाति तथा समुदायले सशक्त रुपमा न्यायपूर्ण संगतबाट उठाउदै आएको जायज मांग तथा सवालहरु, विगतमा गरिएका प्रतिवद्धता, सरकार र थरुहट आन्दोलनकर्मीसंग गरिएका विभिन्न सम्झौताहरुको धज्जी उडाउदै, अखण्ड सुदूरपश्चिम, अखण्ड मध्यपश्चिम, अखण्ड नारायणी आदि नारा दिने, थरुहट भूमीलाई मधेश बनाउन उद्दत रहेका संघीयता बिरोधी तत्वहरु फेरि सलबलाउदै उही केन्द्रीकृत एकात्मक राज्य शासन व्यवस्थाको पृष्ठपोेषण गरिरहेका छन्। अतः संघियता विरोधी तत्वहको सुनियोजित षड्यन्त्रबाट बच्न क्षेत्र नं. ४ का आमनेपाली जनसमुदायमा उच्च सतर्कता अपनाउन अनुरोध सिहत आत्मसम्मान, पहिचान, अधिकार, न्याय र बृहत्तर विकास लागि वैकल्पीक राजनीतिक शक्तिको रुपमा स्थापित भएको “थरुहट तराई पार्टी नेपालमा” गोलवद्ध हुन आर्दिक अपील गर्दै,

संविधान सभाको निर्वाचनमा थरुहट तराई पार्टी नेपालको तर्फबाट बर्दिया जिल्ला क्षेत्र नं. ४ को प्रत्यक्ष उम्मेदवार म “मिनराज चौधरी” आफुलाई उभ्याउन पाउँदा गौरवान्वित भएको छु। संविधान सभाको निर्वाचनमा हाम्रो चुनाव चिन्ह “ढक्या” (ढक्की) भएको सहर्ष निवेदन गर्दै प्रत्यक्ष र समानुपातिक दुबै मतपत्रमा चुनाव चिन्ह ढक्या (ढक्की) मा आफ्नो अमुल्य मत प्रदान गरी अत्याधिक बहुमतले विजय गराउनु हुन न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछु।

जय थरुहट

बर्दियाका सार्वभौम मतदाताहरुमा हाम्रो प्रतिवद्धता

नयाँ“ संबिधानमा सम्बोधन गरिने हाम्रा मुद्धा

१) केन्द्रीकृत र एकात्मक राज्य शासन व्यवस्थाको अन्त्यगरी एकल जातीय ऐतिहासिक पहिचानका प्रदेशसहित संघीय नयाँ नेपाल बनाउन प्रतिवद्ध रहने छु।

२) ऐतिहासिक थरुहट आन्दोलनको मुल मुद्धा, सवाल तथा उपलब्धीलाई नयाँ संविधानमा संवैधानिक सुनिश्चित्तता गराउने छु।

३) राज्यको हरेक संयन्त्रको प्रत्येक तह तप्कामा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वको संवैधानिक सुनिश्चित गराउने छु।

४) मूलबासी आदिवासी जनजाति, दलित, मुस्लिम, मधेशी, महिला, युवा, किसान, मजदुर, सिमान्तकृत, अपाङ्गता, यौनिक तथा अल्पसंख्यक, जात जाति र समुदायको मुद्दा एवं सवाललाई नयाँ संविधानमा सम्बोधन गराउन प्रतिवद्ध रहने छु।

५) मुक्त कमैया, भुमिहिन, कम्लहरी, हरुवा, चरुवाहरुको व्यवस्थापन गर्नका लागि राज्यबाट संवैधानिक रुपमा बिशेष व्यवस्था गराउन प्रतिवद्ध रहने छु।

६)  सबैखाले विभेद्, उत्पीडन, शोषण, दमन, अन्याय, अत्याचार र जातीय छुवाछुटको सामुल अन्त्य गरी समतामूलक र समुन्नत संघीय नया“ नेपाल बनाउनका लागि हाम्रो मुख्य जिम्मेवारी रहने छ।

७) जातीय स्वायत्तता र स्वशासनको संवैधानिक ग्यारेण्टी गराउन प्रतिवद्ध रहने छु।

८) आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला, मजदुर, किसान, पिछडावर्ग, अल्पसंख्यक समुदायलाई अधिकार सम्पन्न बनाई राज्यको मूल प्रवाहमा ल्याउन संवैधानिक व्यवस्था गर्न प्रतिवद्ध रहने छु।

९) आईएलओ महासन्धि नं. १६९, आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय घोषणापत्र, सि.बि.डि कन्भेन्सन १९९२ सहित मानवअधिकारको सम्बन्धमा विभिन्न महासन्धिहरु अक्षरश कार्यान्वयन गर्न गराउन प्रतिवद्धता व्यक्त गर्दछु।

१०) जल, जंगल, जमिन, जडिबुट्टी लगायत सम्पूर्ण प्राकृतिक श्रोतसाधनमा आदिवासी जनजातिहरुको अग्राधिकार    संवैधानिक रुपमा सुनिश्चित्तता गराउने छु।

११) आदिवासी जनजातिको भाषा, ध्ार्म, संस्कृतिलाई राज्यमा समान हैसियत र मान्यता प्रदान गराउन संवैधानिक व्यवस्था गराउने छु।

१२) आदिवासी थारु, जनजाति, दलित, मुस्लिमहरुको प्रथाजनीत कानुन, परम्परागत मुल्य मान्यता चौधरीया, बरघर/भल्मन्सा/मटावाँ,चौंकीदार, गुरुवा,बैदावा, भुँईहार, सोह्रीनिया, चिरकीया आदि को कानुनी मान्यता प्रदान गराउनेछु।

१३) सबै जात जाति, वर्ग, लिंग र क्षेत्रकोे पहिचान, आत्मसम्मान, अधिकार, न्याय र विकासका लागि आत्मनिर्णयको अधिकार  सम्पन्न एकल जातिय ऐतिहासिक पहिचान सहित संघीय थरुहट स्वात्त प्रदेश स्थापना गराउन प्रतिवद्ध रहने छु।

१४) नयाँ बन्ने संविधानमा महिला आयोग, थारु आयोग, आदिवासी जनजाती आयोग, मधेशी आयोग, मुस्लिम आयोग, दलित आयोग, लोपोन्मुख, अल्पसंख्यक तथा सिमान्तकृत आयोग, कमैया तथा सुकुमवासी आयोग आदि को संवैधानिक व्यवस्था गर्न प्रतिवद्ध रहने छु।

 

सुविधा सम्पन्न भौंरा टप्पा निर्माणका लागि हाम्रो प्रतिवद्धता

(१) जल प्रकोप तथा नदी नियन्त्रण एवं तत्बन्धनका लागि विशेष गुरु योजना बनाई कार्य गर्नुको साथै जलप्रकोपबाट भएको धन जनको क्षतिपूर्ति एवं मुआब्जा प्रदान गर्नका विशेष कार्ययोजना बनाई तुरुन्त लागु गर्ने छु।

(२)  वन्यजन्तुहरुबाट पीडित र आक्रान्त भएका यहा“का जनताहरुको सुरक्षालाई ध्यानमा राख्दै क्षति भएको धन जनको क्षतिपुर्ति सहित बन्यजन्तुको क्षतिबाट बच्नको लागि सम्बन्धित स्थानमा मचानको स्थापना गर्दै तलब भत्ता सहित पहरेदार/चौकीदार राखी अत्याधुनिक साउण्ड सिस्टमबाट आम जनसमुदायमा सचेतना वा जानकारीको लागि लागि विशेष योजना र कार्यक्रम बनाई लागु गर्ने छु।

(३) यस क्षेत्रको भौतिक निर्माण गर्न रि/ङ्गरोड र उत्तरदक्षिन ओेखरिया सडक बिस्तार गरी पक्की बनाउने, सहायक सबै बाटो ग्राभेल, कल्भर्ट, पुलपुलेसा, ह्युम पाईप, यातायात, बस प्रतिक्षालय, कोठियाघाटमा सुविधा सम्पन्न यात्रु प्रतिक्षालय निर्माण, खानेपानी, विद्युतीकरण बिस्तार तथा व्यवस्थापनका लागि विशेष कार्ययोजना बनाई लागु गर्ने छु।

(४) शिक्षा क्षेत्रलाई विशेष ध्यानमा राख्दै राजापुर बहुमुखी क्याम्पसमा स्नातकोत्तर (मास्टर डिग्री) सम्मको गुणस्तरिय शिक्षा अध्ययन अध्यापनको व्यवस्था गर्दै एकप्रिए उ.मा.वि. पाताभार, गोला उ.मा.वि. गोला, पशुपति उ.मा.वि. पशुपतिनगर, किसान उ.मा.वि. बदालपुर, मानपुर टपरा उ.मा.वि. मानपुर टपरा, ने.रा.उ.मा.वि. गोडियाना, लाई बहुमुखी क्याम्पसको रुपमा स्थापित गरी यस क्षेत्रमा रहेका सबै मा.वि., नि.मा.वि., प्रा.वि.हरुको स्तरोन्नती गर्दै आवश्यक भौतिक पूर्वाधारको विकास संगै आवश्यक दक्ष जनशक्ति (दरबन्दी) को श्रृजना र पदपुर्ति गर्नमा उच्च प्राथमिकताका साथ पहल गर्ने छु। साथै यहा“ रहेका सबै विद्यालयहरुमा प्राथमिक तह सम्म थारु मातृभाषामा पठन पाठनको गराउने छु। बिद्यार्थी भर्ना, छात्रबास, छात्रवृत्ति, औषधोपचार सहित विभिन्न अवसर तथा सेवा सुविधामा आदिवासी जानजाति, दलित, मुस्लिम, मधेसी, महिला, यौनिक तथा अल्पसंख्यक, पिछडावर्ग जाति र समुदायको लागि विशेष आरक्षणको व्यवस्था गर्ने छु।

(५) यस क्षेत्रका आम जनसमुदायको स्वास्थ्यलाई मध्यनजर गर्दै ५० शेैयाको अत्याधुनिक सुविधा सम्पन्न हस्पितल निर्माण गर्न पहल गर्नुको साथै नेपाल सरका तथा वैदेशिक दातृ निकायको सहयोगमा यस क्षेत्रमा रहेको स्वास्थ्य चौकीहरुको स्तरोन्नती गर्दै स्वास्थ्य सेवामा सबैको सर्व शुलभ एवं पहुच पुर्‍याउनुको साथै ५ वटा थरुहट एम्बुलेन्स, १ वटा थरुहट शव बाहन, आगजनी र डढेलोबाट बच्नको लागि ३ वटा थरुहट वारुण यन्त्रको व्यवस्थापन गर्ने छु।

(६) राजापुर सिंचाई आयोजना अन्तर्गत जनकनगरको ओखरियामा बनेको बुढीकुलो मुहान (इन्टेक) मा भएको प्राविधिक समस्या र मुहान भन्दा माथि कर्णाली नदीलाई नियन्त्रण गर्न नसकेको कारण पानी डाईभर्ट भई आउने समस्यालाई निराकरण गर्न सिंचाई मन्त्रालय संग समन्वय गर्दै विशेष योजना सहित पुनःनिर्माण तथा ममर्त सम्भार गर्नेछु।

(७) कोठियाघाट, दौलतपुर, सन्कट्टी घाटमा सञ्चान हु“दै आइरहेको स्टिम्मर/डुंगालाई व्यवस्थित गरानुको साथै २४ घण्टा आकस्मिक सेवा उपलब्ध गराउनको लागि वैकल्पिक रुपमा अत्याधुनिक मिनी स्ट्रीम्मरको व्यवस्था गर्नेछु।

(८) यस क्षेत्रमा रहेको राजापुर बजार, शान्तिबजार, नवज्योतीबजार, बिहानी बजार, बालाबजार, त्रिवेणी बजार, पशुपतिनगर बजार आदि लाई व्यवस्थित एवं फोहरमैला तथा ढलनलको व्यवस्थापन गर्नेछु।

(९) राजापुरमा रहेको अत्याधुनिक चामल कारखानालाई अझ व्यवस्थित र पारदर्शी बनाई किसानहरुको लागि धान चामलको मूल्य समयमा नै उच्चित निर्धारण गरी बिक्री वितरणमा सुगमीकरण गर्ने तथा उत्पादन भएको चामल राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा निर्यातको लागि व्यवस्थित गर्नेछु।

(१०) मुक्त कमैया सुकुमवासी, भुमीहिनहरुको पहिचान गरी, पुनःस्थापना सहित उनीहरुको आय आर्जनको लागि स्वरोजगार कार्ययोजना बनाई लागु गर्ने गराउनेछु।

(११) किसानहरुको हितमा रही कृषिजन्य सामग्री, बिऊ बिजन, किटनासक औषधी, मलखादको बिक्री वितरण तथा कृषिजन्य बस्तु आयात तथा निर्यातमा व्यवस्थित गरिनेछ। यसको व्यवस्थापनको लागि ११ गा.वि.स.का किसानहरुको प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न व्यवस्थापन समिति गठन गरी, यहा“ रहेका सहकारीहरुको संस्थागत सुदृढीकरण गर्दै, यसै मार्फत समुचित तवरबाट बिक्री वितरणको व्यवस्थापन गर्ने गराउनेछु।

(१२) राजापुर भौंरा टापु कृषिको उर्वर ठाउ“ भएको हुनाले यहा“ उत्पादन भएका कृषिजन्य बस्तुलाई लामो समय सम्म सुरक्षित भण्डारण गर्नका लागि “शित भण्डार गृह” (कोल्डस्टोर) स्थापना गर्नेछु।

(१३) व्यवसायीक रुपमा पशुपालन प्रति अभिप्रेरित गर्दै यस क्षेत्रमा अत्याधुनिक दुग्ध प्रशोधन तथा संकलन केन्द्र  स्थापना गर्नेछु।

(१४) यातायात :  यस क्षेत्रमा सञ्चालित बस रुट कोठियाघाट – जनकनगर, कोठियाघाट – मनाऊ, कोठियाघाट – भठेरा सञ्चालन हुने बस रुटमा बसको अप्रयाप्तता र अव्यवस्थिका कारण यस क्षेत्रको दैनिक यात्रा निकै कष्टपूर्ण रहेकोले यसलाई व्यवस्थित गर्न प्रतिवद्ध रहने छु। साथै राजापुर, टपरा, मंगलपुर, मनाउ, पशुपतिनगर, गोला, जनकनगर, भठेरा, पाताभार, दौलतपुर जोडेर बनेको रिङ्ग रोडमा “थरुहट यातायात” को नाममा साना जिप तथा बस सञ्चालनको लागि सम्बन्धित सबै संग समन्वय गर्दै पहली कदम गर्ने छु।

(१५) “थरुहट शहीद स्मृती अक्ष्यकोष” स्थापना गरी क्षेत्र नं. ४ का हरेक गा.वि.स. बाट ५–५ जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि प्रत्येक बर्ष छात्रवृत्ति प्रदान गर्ने छु। साथै कम्लहरी तथा मुक्त कमैया बालबालिकाहरुको लागि निःशुल्क शिक्षादीक्षाको लागि व्यवस्था गर्न पहल गर्ने छु।

(१६) संसदीय विकास कोष तथा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था एवं दातृ निकाय बाट आएको अनुदान सहयोगलाई यस क्षेत्रको समग्र चौतर्फी विकासको लागि आवश्यकतालाई प्राथमिकरण गर्दै योजनावद्ध तवरबाट जनताहरुको प्रत्यक्ष सहभागितामा खर्च गरिने प्रतिवद्धता व्यक्त गर्दछु।

(१७) युवा वेरोजगारी समस्यालाई ध्यानमा राख्दै विभिन्न सरकारी तथा गैरसरकारी दातृ निकायहरुको सहयोगमा युवा स्वरोजगारका सम्बन्धमा विशेष कार्ययोजना बनाई लागु गर्न प्रतिवद्ध रहने छु।

(१८) यस क्षेत्रमा रहेका बहुसंख्यक आदिवासी थारु लगायत जनजाति, दलित, मुस्लिम, मधेसी, महिला, यूवा/तरुण, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत जाति र समुदायको चौतर्फी विकासका लागि विभिन्न सरकारी, वैदेशिक सहयोग एवं राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी दातृ निकायहरुको सहयोगमा विशेष परियोजना सञ्चालन गरी रोजगारी र अवसरको सृजना गर्न पहल गर्ने छु।

(१९) आमसञ्चारमा आदिवासी थारु, जनजाति, दलित, महिला, मुस्लिम जाति र समुदायको पहँुच पुग्न नसेको अवस्थालाई मध्येनजर गर्दै राजापुर बजार र शान्तिबजारमा १,१ वटा ”थरुहट एफएम“ स्टेसन स्थापना गर्ने र “थरुहट सन्देस” नामक १ वटा राष्ट्रिय दैनिक पत्रिका सञ्चालनको लागि पहल गर्ने छु।

(२०)  प्रकृतिको अथाह भण्डार, वातावरणीय र पर्यावरणीय हिसाबमा अनुकुल रहेको यस भौंरा टप्पुमा पर्यटकीय क्षेत्रको लागि प्रचुर असिम सम्भावना रहेको हुनाले यस टप्पुलाई “थरुहट पर्यापर्यटकीय क्षेत्र” नमुनाको रुपमा विकास गरी यहा“को आदिवासी थारु लगायत सबै जात जाति एवं समग्र राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक आदि सबै पक्षमा टेवा पुर्‍याउन प्रतिवद्ध रहने छु।

(२१) कर्णाली नदीको पूर्वि भेगमा बर्दिया राष्ट्रीय निकुञ्जसंग सटेको सामुदायीक वन हु“दै जैविक मार्गको सिमांकन तथा नक्सांकन आदिवासीहरुको थरुहट भुमिको प्रतिकुल नहुने गरी सम्पन्न गर्ने छु।

(२२) बुढीकुलो र मैला (टपरा) सिंचाई अन्तर्गत (ओखरिया र बञ्जरीया) मुहानमा देसावर, बेगारीको लागि आम जनताहरुको बसोबास तथा बिश्रामको लागि भवन निर्माण गर्ने छु।

(२३) कृषिको अथाह उर्वर भुमि यस भौंरा क्षेत्रमा “कृषि क्याम्पस” स्थापना गरी कृषी शिक्षामा यहा“का युवा विद्यार्थीहरुको पहु“च पुर्‍याई वैज्ञानिक, आधुनीक एवं व्यवसायीक कृषिमा यहाँका किसानलाई अभिप्रेरित गरिने छ।

(२४) बर्दिया जिल्ला क्षेत्र नं ४ को सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, वौद्धिक, भौतिक आदि चौतर्फि विकासमा विशिष्ट योगदान पुर्‍याउनु भएका महानुभावहरुको योगदानको उच्च कदर र सम्मान गर्दै थरुहट तराई पार्टीको स्थापना दिनमा एक जना महिला र एक जना पुरुषलाई नगद पुरस्कार सहित “थरुहट सम्मान” कदर पत्रले सम्मानीत गरिने छ।

(२५) आदिवासी थारुहरुको ऐतिहासिक धरोहर, सांस्कृति सम्पदाहरुको संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ भौंरा टप्पामा रहेका प्रत्येक गा.वि.स.मा १/१ वटा “थरुहट सांस्कृतिक नमुना गाउँ” को रुपमा विकास गर्ने छु।

(२६) मध्यवर्ती क्षेत्र तथा सामुदायीक वनको संरक्षण, संवर्द्धन संगै उपभोगमा आदिवासीहरुको अग्राधिकार सहित अधिकार सम्पन्न उपभोक्ता समिति बनाउन पहल गर्ने छु।

जय थरुहट

Leave a Reply

Your email address will not be published.