एनआरटी र आरसिटी विजयी

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा एनआरटीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्‍यो भने आरसिटीले फ्रेन्डस क्लबलाई २–१ गोलले हरायो। 
एनआरटीको जितमा अजय विकले खेलको ४१ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल बन्यो। यस्तै आरसिटीका दिपेश मगरले दुई गोल गरी आफनो टिमको जित सुनिश्चित गरे भने फ्रेन्ड्सका निराजन खड्काले एक गोल फर्काए। यसजित सँगै एनआरटी र आरसिटीले ६/६ अङ्क जोडेका छन्।
भोलि बुधबार सङ्कटा क्लबले सरस्वती युथ क्लबसगँ प्रतिस्पर्धा गर्नेछ भने नेपाल प्रहरी क्लबले मच्छिन्द्र क्लबको सामना गर्नेछ। रासस

Leave a Reply

Your email address will not be published.