‘पुरुष मेरो प्राथमिकता होइन’

 

कंगना रानावत, बलिउड अभिनेत्री
कंगना रानावत, बलिउड अभिनेत्री

‘क्रिश–३’ मा प्रियंका चोपडासँग तपाईंको खुब प्रतिस्पर्धा चल्यो भन्छन् नि?
काँ हुनु? ‘क्रिश–३’मा म हिरोइन बनेको छैन। ‘सुपरवुमन’ बनेको छु, जो आधा मानिस र आधा पशु हुन्छे। यस्तोमा केको प्रतिस्पर्धा?

तर, प्रियंका र तपाईंबीच तनाव छ भन्ने हल्ला छ त?
यो वाहियात कुरा हो। हामीले फिल्म ‘फेशन’मा पनि सँगै काम गर्‍यौँ। त्यतिबेला पनि हामीबीच गजबको समझदारी थियो।

सुरुमा त तपाईंले ‘क्रिश–३’मा काम गर्न मान्नुभएन। किन?
म पुनः सहमत भएँ। यसबाट म ज्यादै खुसी छु। जवानीमा ‘इमोसन’बाट बढी ‘गाइडेड’ भइँदो रै’छ। यसैकारण मैले अस्वीकार गरेकी थिएँ। तर, राकेश रोशन र ऋत्विक रोशनले मलाई राम्रोसँग सम्झाए र निर्णय बदल्न प्रेरित गरे। उहाँहरूजस्ता असल र गुणी व्यक्ति मैले यसअघि भेटेकी थिइनँ। ‘द डर्टी पिक्चर्स’मा पनि मैले काम गर्न मानेको थिइनँ। तर, यसमा मलाई कुनै पश्चात्ताप छैन। अहिले सोच्दा लाग्छ– ‘क्रिश–३’ मेरो हातबाट फुत्किएको भए म आत्महत्या गर्थें होला।
प्रेममा लगानी गर्ने समय मसँग छैन भनेर बारम्बार भन्नुहुन्छ। किन?
प्रेमसम्बन्धमा मेरो भोगाइ ज्यादै खराब छ। फेरि जीवनमा प्रेमबाहेक अरू थुप्रै चिज पनि त छन् नि। मेरा आफ्नै भोगाइ छन्, सम्बन्ध छन्, भावना छन्। म कसैसँग प्रेममा परेँ भने उसका पनि मेराजस्तै निजी कुरा होलान्। यी सब कुरा सुन्ने अभिरुचि मसँग छैन। त्यसैले कुनै पुरुषसँग वास्तवमै सम्बन्ध राख्ने फुर्सद छैन। फेरि पुरुष मेरो प्राथमिकता पनि होइन।
(‘टिओआई’ बाट )

Leave a Reply

Your email address will not be published.