आइफोन बनाउन लाग्छ कति?

iphoneआइफोन ५ एसले बजारमा तहल्का मचाइरहेको समय तपार्इं यसको उत्पादन खर्च कति भनेर सोध्यो भने के जवाफ दिनुहुन्छ? थाहा छैन या उसको मूल्यको आधाजति उत्पादन खर्च लाग्यो होला भन्ने अनुमान गर्नुहोला। आइफोन ५ एसमा त धेरैजसो फिचर यसका अघिल्ला संस्करणकै निरन्तरता पाएका छन्। मतलब खर्च कम गर्ने मेलो। १६ जिबी क्षमताको आइफोन ५ एस उत्पादन गर्न कुल १ सय ९९ डलर लागेको एक अनुसन्धानले देखाएको छ। अनि बजार मूल्य? ६ सय डलरको हाराहारी। योभन्दा अधिल्लो संस्करण आइफोन ५ को उत्पादन लागत थियो १ सय ९७ डलर। ६४ बिट एप प्रोसेसर र फिंगरप्रिन्ट पहिचान गर्ने सेन्सरका कारण आइफोन ५ एसको लागत मूल्य केही माथि पुगेको थियो।
अब अनुमान गर्नुहोस्, १६ जिबीकै आइफोन ५ सीको लागत मूल्य कति होला। ५ सी आइफोनको सस्तो सेट हो। र, यसको उत्पादनको कुल लागत हो, १ सय ७३ डलर। आइफोन ५ सी प्लास्टिक र्‍यापिङमा आधारित भएकाले यो अरू भर्सनको तुलनामा सस्तो भएको होे। तर, सस्तो भनिए पनि अपेक्षाकृत रूपमा आइफोनको सस्तो भर्सन आफैँमा महँगो भयो।
सस्तो भनिएको ५ सी भर्सनको मूल्य पनि ५ सय ४९ डलर तोकियो। विभिन्न सेवाप्रदायकसँगको सम्झौतामा भने यी मोबाइल सेट सस्तोमै उपलब्ध हुन्छन्। तर, ग्राहकले किस्ताबन्दीमा पूरै रकम तिर्नुपर्ने हुन्छ। यो मोबाइल चिनियाँ र भारतीय बजारलाई लक्ष्य गरेर तयार पारिएका हुन्। तर,सस्तो सेटको मूल्य महँगो नै हुन पुग्दा अपेक्षा गरेअनुसार बिक्री हुन सकेन, धेरै जनसंख्या भएका देशमा। आइफोन ५ को उत्पादन मूल्यभन्दा सस्तो आइफोन ५ सी को उत्पादन मूल्य कम छ। तर, मूल्य भने आइफोन ५ भन्दा माथिबाट नै सुरु भएको छ। यसले पनि मानिसहरूले उत्पादक एप्पलको आलोचना गरे।
प्रतिस्पर्धी कम्पनीहरूको तीव्र बजार विस्तारमा रहेकाले पनि मानिसहरूले ४ सय डलरको हाराहारीमा आइफोनको नयाँ भर्सन पाइने अपेक्षामा थिए। किनकि, नाफाको मार्जिन एप्पलले कम राखेर व्यापक बिक्री गर्न सक्थ्यो। तर, नाफाको मार्जिन घटाउन उसले चासो दिएन। आइफोन ५ सीको मूल्य अमेरिकी बजारमै पनि कम्तीमा १ सय ३० डलर घट्नुपर्ने विश्लेषकहरूको तर्क छ।
यसै सातामात्र एप्पलले जानकारी गराएअनुसार नयाँ दुई मोडल ९० प्रति बिक्री भइसकेको छ। महँगो भए पनि र भारत र चीनजस्ता देशमा सोचेअनुसार बिक्री नभए पनि एप्पलले अहिलेसम्मकै बढी फलदायी उपलब्धि हासिल गर्‍यो यो उत्पादनमा। यद्यपि नयाँ मोडलले बजार पिटिरहँदा पनि एप्पललको सेयर बजार भने माथि उकासिन सकेको छैन।

Leave a Reply

Your email address will not be published.