पूर्व राजारानी धनगढीमा, स्वागत गर्नेको भीड (फोटो फचिर)

X-king in dhangadhi-1धनगढी- पूर्व राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण धनगढी पुगेका छन्। पूर्व रानी कोमलका साथ उनी सोमबार धनगढी पुगेका हुन्। उनलाई बाढी पीडित बासिन्दा र समर्थकले भव्य स्वागत गरेका थिए। पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्रका आइतबारै धनगढी आइसकेका थिए।X-king in dhangadhi-6

उनीहरु धनगढीको बैयाबेहडीस्थित रुबस होटलमा बसेका छन्। सुदूरपश्चिमाञ्चलका बाढी पीडितलाई पूर्व युवराज्ञीद्वारा सञ्चालित हिमानी ट्रस्टमार्फत् राहत वितरण गर्न लागिएको पूर्व राजाका निजी सचिव फणिराज पाठकले बताए। बाढी पीडितका लागि हिमानी ट्रस्टमा सङ्कलित रु ३९ लाखका साथै थप गैरखाद्य र खाद्य सामग्री वितरण गर्न लागिएको जनाइएको छ।X-king in dhangadhi-5

दशदिने सुदूरपश्चिम भ्रमणमा आएका पूर्व राजपरिवारबाट ९ गते दार्चुला सदरमुकाम, ११ गते कैलालीको पूर्वी क्षेत्र टीकापुर र १३ गते कञ्चनपुरको महेन्द्रनगरको भ्रमण गरी उक्त क्षेत्रका बाढी तथा डुबान प्रभावित परिवारलाई राहत वितरण गर्ने कायक्रम रहेको पाठकले जानकारी दिए। X-king in dhangadhi-4X-king in dhangadhi-7X-king in dhangadhi-2X-king in dhangadhi-3
तस्बिरहरु : अविनाश चौधरी

Leave a Reply

Your email address will not be published.