जोडीका लागि छुट्टै ‘फेसबुक’

couple1अहिले निकै चलेका सामाजिक सञ्जालका साइट फेसबुक र ट्वीटरमा भीड छ। फेसबुकमा गर्लफ्रेन्डको लागि भनेर एउटा फोटो हालेको हुन्छ, अर्कै चिन्नु न जान्नुको साथीले वाहियात कमेन्ट गरेर र्याोक हान्दिराखेको हुन्छ। ब्वाइफ्रेन्डको लागि भनेर लेखेको स्ट्याटसमा अनेकथरी मान्छेले नानाभाँति लेखिरहेको हुन्छ। फेरि जोडीलाई आफ्ना भावना व्यक्त गर्न केही प्राइभेसी पनि चाहियो नि। ‘म तिमीलाई धेरै माया गर्छु डियर’ किन सार्वजनिक रूपमा भनिराख्नुपर्यो्? सँगै खिचेका केही फोटो किन दुनियाँलाई देखाएर हल्ला पिटाउनुपर्यो ?

जोडी भएकाका लागि केही एप्स बनेका छन्। यस्ता एप्सले अहिले निकै बजार लिइरहेका छन्। फेसबुकै चलाउन छाडेर मान्छे यस्ता एप्सतिर बढी आकर्षित हुने हुन् कि हैनन्? त्यो भने हेर्न बाँकी छ। जोडीहरूका लागि उपयुक्त हुने केही एप्स तल दिइएका छन्ः

एप नामः बिटविन
उपलब्ध प्लेटफर्मः आइओएस, एन्ड्रोइड
प्रकारः निःशुल्क

दुई वर्षअघि दक्षिण कोरियाली कम्पनीले बनाएको यो एप खासगरी एसियाली देशमा लोकप्रिय बन्दैछ। साढे ३७ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको यो एपका अधिकांश प्रयोगकर्ता दक्षिण कोरिया र जापानका छन् भने केही अमेरिकीले पनि यसलाई चलाउँछन्।

यो एप दुई जनाको लागि हो। सिएनएनले यसलाई दुई जनाको लागि मात्र बनाइएको फेसबुक जस्तो भएको टिप्पणी गरेको छ। यसमा जोडीले आफूलाई मन पर्ने फोटो, टेक्स्ट म्यासेज, भ्वाइस म्यासेज सेयर गर्न सक्छन्। कति बेला डेट जाने हो, प्लान गर्न सक्छन्। आफ्नो सम्बन्धका महत्वपूर्ण घटनाको टिपोट राख्न सक्छन्। यो सब तपाईं दुईमा मात्रै सीमित हुन्छ। डिलिट भइसकेका डेटालाई फेरि रिस्टोर गर्न मिल्छ। वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीले जोडीहरूबाट डाटा रिस्टोरका लागि दिनमा तीन सय वटा अनुरोध पाउने गरेको छ।
कोरियामा हरेक पाँच जोडीमध्ये एक जोडीका मोबाइलमा यो इन्स्टल हुने गरेको तथ्यांकले त्यहाँ यो कति लोकप्रिय छ भन्ने अनुमान गर्न सकिन्छ।
एप नामः कपल
उपलब्ध प्लेटफर्मः आइओएस, एन्ड्रोइड
प्रकारः निःशुल्क
अमेरिकी कम्पनीले बनाएको यो एपमा पनि माथिको एप जस्तै विशेषता छ। यो एपको पुरानो नाम पेयर थियो। यसमा तपाईंले एउटै व्यक्तिसँग मात्र जोडा मिलाउन सक्नुहुन्छ। त्यही जोडीसँग मात्रै तपाईंले फोटो, भ्वाइस म्यासेज, टेक्स्ट म्यासेज आदानप्रदान गर्न सक्नुहुन्छ। डेटिङ प्लान गर्न सक्नुहुन्छ।
‘किस गर्न पाइने’ यस एपको अर्को विशेषता हो। तपाईंलाई अनौठो लाग्न सक्छ कि मोबाइल एप्सबाट कसरी किस हुनसक्छ? यसले एपका लागि थम्बकिस बनाएको छ। अर्थात् भर्चुअल औँले चुम्बन। तपाईंको ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्डले यता मोबाइलको स्त्रि्कनमा आँैला राख्नुहुन्छ, तपाईंको जोडी सात समुद्र पारै किन नहोस्, उताबाट उसले आफ्नो औँला राख्छ।
त्यस्तै यसको अर्को विशेषता स्केच टुगेदर हो। एउटा स्केच प्याड खोलेर तपाईंहरू दुवै जना मिलेर फूलको चित्र बनाउन सक्नुहुन्छ, त्यसमा रङ भर्न सक्नुहुन्छ, आलुप्लस खेल्न सक्नुुहुन्छ। सपनाको घर बनाउने हो? त्यो पनि सक्नुहुन्छ।
एप नामः लभ बाइट
उपलब्ध प्लेटफर्मः आइओएस, एन्ड्रोइड
प्रकारः निःशुल्क
सुरुमा आइओएसमा मात्र उपलब्ध यो एप यसै वर्षको भ्यालेन्टाइन्स डेमा एन्ड्रोइड प्रेमीहरूका लागि उपहारका रूपमा लन्च गरिएको थियो। माथिका दुवै एपजस्तै यसमा पनि तपाईं निजी फोटोहरू एकापसमा बाँड्न सक्नुहुन्छ। अनलाइन र अफलाइन रिलेसनसिप राम्रो बनाउन र जोडीलाई अझै नजिक्याउने उद्देश्य यसले राखेको छ।
यसबाट तपाईंको जोडीलाई अचम्ममा पार्ने गरी स्क्य्राचकार्ड पठाउन सकिन्छ, जसमा रमाइलो डेटका आइडिया हुनेछन्।
छोटो लभ नोटहरू पठाउन सक्नुहुन्छ, रिलेसनसिपका महत्वपूर्ण पलहरूलाई टाइमलाइनमा सम्झनाका लागि राख्न सक्नुहुन्छ। बितेका दिनमा यस्ता भएका थिए र आउने दिनमा हामी यो–यो गर्नेछौँ भनी महत्वपूर्ण मिति राख्न सक्नुहुन्छ। आफ्नो सम्बन्ध सुरु भएको दिन गन्न सक्नुहुन्छ।

 

Leave a Reply

Your email address will not be published.