जन्ती बोकेको बसले ठोक्किँदा पच्चीस घाइते

गौशाला- एक जन्ती बोकेका बसले रोकिराखेको ट्रकमा ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर– २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक भीष्म हुमागाईंले बताए।

हिजो अबेर साँझ धनुषाको जनकपुरबाट जन्ती बोकी रौतहट गइरहेको ना४ख ६१६५ नंको बसले बर्दिवासको भोला बसन्त चोकमा रोकिराखेको ना ३ ख २५०६ नम्बरको ट्रकमा ठक्कर दिँदा बसमा सवार घाइते भएका हुन्।

घाइतेहरूको उपचार बर्दिवासस्थित विभिन्न अस्पताल तथा निजी क्लिनिकमा भइरहेको प्रहरीले बताएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरी निरीक्षक हुमागाइंले बताए। रासस

Leave a Reply

Your email address will not be published.