फोरम लोकतान्त्रिकले नेतृत्‍व गर्छ : गच्छदार

भक्तपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी सरकारको नेतृत्‍व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। फोरम लोकतान्त्रिकले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ठूला तीन दल कमजोर र अक्षम भएकाले अब सरकारको नेतृत्‍वका लागि आफ्नो पार्टीमात्र सक्षम रहेको दाबी गरे।

उनले भने, ‘एमाओवादी विभाजित भएको छ, नेपाली कांग्रेस दिशाहीन अवस्थामा छ, एमाले कुहिरोको कागजस्तै भएको छ, अब यस्तो अन्योलपूर्ण राजनीितको निकास बफ्नो दलले मात्र दिन सक्छ।’

राजनीतिक गतिरोधको उपयुक्त निकास संविधान सभाको पुनः निर्वाचन नै भएको चर्चा गर्दै उनले आगामी निर्वाचनमा आफ्नो दल कम्तिमा पनि तेस्रो ठूलो दल हुने दाबीसमेत गरे।

सरकारले सेना समायोजन गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याएको चर्चा गर्दै गच्छदारले वर्तमान सरकार पुनःसंविधान सभाको निर्वाचन गरी संविधान निर्माण कार्यलाई पूरा गर्न सक्षम भएको उल्लेख गरे। पहिचान र सामर्थ्यसहितको संविधानको पक्षमा आफ्नो दल रहेको बताउँदै उनले अन्य दलहरुले भने विस्तारै संघीयताको मुद्दालाई बिर्सदै गएको आरोप लगाए।

Leave a Reply

Your email address will not be published.