सामसङ ग्यालेक्सी एसफोर नेपालमा

samsung s4सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर नेपाली बजारमा आएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले अघिल्लो सातादेखि नै एसफोरको बुकिङ लिइरहेको थियो। आइएमएसका अध्यक्ष दीपक मलहोत्राले नेपाली बजारमा यसको मूल्य ७१ हजार नौ सय रुपैयाँ पर्ने जानकारी दिए। नेपालमा १६ जिबी क्षमताको मात्र मोबाइल आएको छ। यसमा एनसेलले एक वर्षको बिमा र तीन महिनाका लागि एक जिबी डाटा निःशुल्क दिएको छ। कम्पनीले यो मोबाइलमा एभरेस्ट इन्स्योरेन्सबाट बिमा सुविधा उपलब्ध गराएको हो। मोबाइल किस्ताबन्दीमा खरिद गर्ने सुविधा पनि छ। नबिल र लक्ष्मी बैंकबाट यो सुविधा उपलब्ध भएको मलहोत्राले जानकारी दिए। कम्पनीले यो मोबाइलमा साटासाट सुविधा पनि दिएको छ। शेर्पा मलमा रहेको कम्पनीको सोरुमबाट ग्यालेक्सी एसटु र एसथ्रीसँग एसफोर साट्न सकिन्छ। 
कम्पनीले सामाजिक संस्था डिएम फाउन्डेसन स्थापना गरेको जानकारी दिँदै अध्यक्ष मलहोत्राले प्रत्येक एसफोर मोबाइल बिक्रीबाट एक हजार रुपैयाँ संस्थालाई उपलब्ध गराउने बताए। उनले यो रकम प्राकृतिक प्रकोपबाट पीडित भएकालाई सहयोग गरिने बताए।

के छ एसफोरमा?
सामसङको यो एसफोर स्मार्टफोनमा ५ इन्चको एमोलिड टचस्त्रि्कन छ। यसको रिजोलुसन १०८०–पी छ। ग्यालेक्सी एसथ्रीको ४.८ इन्चभन्दा केही ठूलो स्त्रि्कन यसमा छ।
गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम यसमा प्रयोग भएको छ। नयाँ स्मार्टफोनमा एक्जिनोस फाइभ ओक्टा–५४१० चिपसेटसहितको १.६ गिगाहर्जको ओक्टा कोर वा १.९ गिगहर्जको क्वाड कोर प्रोसेसर प्रयोग भएको छ। यसमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा छ।
दुई गिगाबाइट र्‍याम रहेको ग्यालेक्सी एसफोरका १६, ३२ र ६४ गिगाबाइट आन्तरिक मेमोरी रहेका मोडेल छन्। यसमा ६४ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न सकिन्छ। यसमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा छ। अगाडिपट्टि भने २ मेगापिक्सेलको क्यामेरा छ। यसमा डुअल सट, एचडी भिडियो र तस्बिर रेकर्डिङ, जियो–ट्यागिङ, टच फोकस, फेस र स्माइल डिटेक्सनलगायत विशेषता छन्।
२ हजार ६ सय एमएएचको ब्याट्री रहेको यो फोनमा आई ट्र्याकिङ, जेस्चर क्यापाबिलिटिज, एस हेल्थ, एस भ्वाइस ड्राइभरलगायत थप विशेषता छन्। कम्पनीले …स्मार्ट स्टे’ र …स्मार्ट पज’ लगायत नयाँ सुविधा यसमा थपेको जनाएको छ।
यस किसिमका सुविधाका कारण उपभोक्तालेे यसमा भिडियो हेरिरहेका बेला आँखाको गतिअनुसार मोबाइलले प्रतिक्रिया जनाउँछ। प्रयोगकर्ताले स्त्रि्कनबाट आँखा अन्यत्र घुमाए चलिरहेको भिडियो रोकिन्छ भने फेरि स्त्रि्कनमा हेरे भिडियो चल्न थाल्छ। यो सुविधा प्रयोग गरेर स्क्रोल तलमाथि सार्न पनि सकिन्छ।
एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि र एस भ्वाइसले सवारीमा फोन गर्न सहायता गर्नेछन्। विभिन्नखाले एप्लिकेसनका माध्यमबाट उपभोक्ताले विशेष सुविधा लिन सक्नेछन्। यो स्मार्टफोनमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्सलगायत सुविधा पनि छन्। यसैगरी एस ट्रान्सलेटरको सुविधा पनि छ।

 

Leave a Reply

Your email address will not be published.