कोरियाको कोटा तीन गुना वृद्धि, अनलाइनबाटै फारम भर्न सकिने

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ। यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभागले (एचआरडी) जानकारी गराएको हो।

कोरिया सरकारले बैदेशिक रोजगार अन्तर्गतको इपिएस कोरिया शाखालाई यो बर्ष १० हजार २ सय कामदार लैजाने औपचारिक जानकारी दिएको शाखाका निर्देशक बावुराम खतिवडाले बताए। उनका अनुसार १० हजार २ सयमध्ये ६२ सय कृषिमा र ४ हजार उत्पादनमूलक क्षेत्रमा लैजाने कोरियाले जनाएको छ।

बर्षेनी कोरियन भाषा परिक्षा गराएर कोरियाले नेपाली कामदार लैजााँदै आएको छ । नेपाली कामदारहरु कोरियामा उत्कृष्ट विदेसि कामदारको रुपमा गनिएका तथा मेहेनतीि पनि भएकाले यो वर्षकोभन्दा कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको हो।

इपिएस शाखाका अनुसार आगामी वर्षका लागि यही चैत ९ गतेदेखि १८ गतेसम्म भाषा परिक्षाका लागि आवेदन फारम लिइने छ । जेठ अन्तमा भाषा परिक्षा हुने भन्दै शाखाले परिक्षामा उत्तिर्णहरु सन् २०१८ मा कोरिया जान पाउने पनि जनाएको छ।

’कोरिया सरकारसँग निरन्तरको प्रयास पश्चात नेपाली कामदारको कोटा थप गर्न सहमत गराउन सफल भएका भन्दै खतिवडाले यसलाई निरन्तर गरेर आगामी बर्षहरुमा पनि थप गर्न प्रयत्न गर्ने पनि जनाए ।

यसअघि भाषा परीक्षा दिनका लागि फारम बुझाउन घण्टौ लाइन लाग्नु पर्ने परम्परा तोड्दै सन् २०१८ को इपिएस अन्तर्गतको भाषा परीक्षाकालागि आवेदकले अब अनलाइन फारम भर्न पाउने छन्। शाखाको अनुसार यो बर्षदेखि भाषा परीक्षाका लागि लागु गरिने अनलाइन फारमका लागि आगामी चैत्र नौ गतेदेखि १८ गतेसम्म अनलाइन आवेदन बुझिनेछ । परीक्षा भने जेठ अन्तिममा गर्ने तयारी भैरहेको खतिवडाले बताए।

 

Leave a Reply

Your email address will not be published.