राजकुमारीलाई बोक्सी भनेर अमानवीय कार्य गर्नेमाथि कारबाही हुने

Rajkumari rana
राजकुमारी राना

काठमाडौं- यही चैत २३ गते बिहान कैलाली जिल्लाको वेलादेसपुर गाविस–७ घुर्सुवा बस्ने ६० वर्षीया वृद्धा राजकुमारी रानामाथि बोक्सीको आरोपमा भएको अमानवीय घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ। यस घटनाप्रति मन्त्रिपरिषद्का अध्यक्ष र गृहमन्त्रीबाट गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि प्रचलित कानुनबमोजिम कडाकारबाही गर्न निर्देशन भएअनुरुप गृह मन्त्रालयले स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकेको र घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि आवश्यक छानबिन कार्य भइरहेको छ।
पीडित रानाको औषधोपचार नेपाल सरकारबाट हुने व्यवस्था मिलाइएको जानकारी पनि गृह मन्त्रालयले दिएको छ। रासस

Leave a Reply

Your email address will not be published.