रुपन्देहीमा थारु महिला सभा गठन

Tharu Mahila Sava, Rupndehiबुटवल- थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु महिला सभा रुपन्देहीको भलवारीमा गठन भएको छ। चम्पा थारुको सभापतित्वमा थारु महिला सभा गठन भएको हो। जसको उपसभापति रमा चौधरी, सचिवमा सरिता चौधरी थारु, सहसचिवमा रिमा चौधरी, कोषाध्यक्ष धनमन्त्री चौधरी र सदस्यहरुमा अनुकुमा चौधरी, कमला चौधरी, राधा चौधरीलगायत छन्। थारु कल्याणकारिणी सभा रुपन्देहीका उपसभापति रामवली चौधरीको अध्यक्षतामा भएको भेलाले समिति गठन भएको हो। 
कार्यक्रममा थारु कल्याणकारी महिला सभाका केन्द्रीय सदस्य हरिदेवी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बाबुराम चौधरी, नेपाल आदिवासि जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शन्तराम चौधरी, थारु महिला सभाका केन्द्रीय पार्षद् पुनम चौधरीलगायतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए।

Leave a Reply

Your email address will not be published.