सगरमाथामा गुगलको निम्तो

Mt Everestसर्च इन्जिनबाट अनलाइनमा विश्वकै पहिलो स्थानमा रहेको गुगलले तपाईंलाई सगरमाथा घुम्न निम्त्याएको छ। पछिल्ला समयमा गुगलम्यापबाट स्ट्रिट भ्यूको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै गुगलले आफ्नो म्यापलाई सगरमाथाको उचाइसम्मै पुर्‍याएको छ। अर्थात्, सगरमाथाको भर्चुअल यात्रामा तपाईंलाई स्वागत छ। गुगलको यो सफलताले उसलाई साँच्चै सगरमाथाको उचाइमा पुर्‍याउला त? भर्चुअल रूपमा पुगे पनि यसको लोकप्रियता भने के होला, हेर्न बाँकी छ। 
गुगलको यो सफलताले सगरमाथाको उचाइमात्र होइन, चढ्नका लागि सबैभन्दा बढी खतरनाक र अग्ला अरू तीन हिमालको पनि शिर चुमेको छ। सगरमाथासँगै रसियाको माउन्ट अलव्रस, अर्जेन्टिनाको एकान्काग्वे र तान्जेनियाको माउन्ट किलिमान्जरोको भर्चुअल यात्रा सहज भएको छ। ‘कुनै साधन नबोकी चढ्न कठिन चट्टानहरूको यात्रामा रमाउनुस्,’ गुगल इन्जिनियर तथा एक्सपेडिसन टिमका सदस्य ड्यान फ्रेडिनबर्गले भने।

Leave a Reply

Your email address will not be published.