यस्तो हुनेछ ग्यालेक्सी एस ४

galaxys 4एजेन्सी- एप्पलले आइफोन फाइभ बजारमा ल्याएलगत्तै सबैको ध्यान प्रतिस्पर्धी सामसुङले अब ल्याउने नयाँ संस्करणको स्मार्टफोनतिर तानिएको थियो। मार्च १४ मा सामसुङले आफ्नो नयाँ ग्यालेक्सी एस ४ सार्वजनिक गर्दै छ। तर, प्रविधिको यो जमानामा सबै कुरा कम्पनीले लुकाउन चाहे पनि लुक्न सक्दैन। आधिकारिक रूपमा सार्वजनिक नहुँदै ग्यालेक्सी एस ४ का केही विवरण टि्वटरमा देखिएका छन्।
एभलिक्स नामको टि्वटर अकाउन्टबाट नयाँ ग्यालेक्सी एस ४ स्मार्टफोनका केही विवरण सार्वजनिक भएका हुन्। यसअघि सोही अकाउन्टबाट सार्वजनिक भएका विवरण सत्य ठहरिएकाले यसलाई पनि सही हुनसक्ने अनुमान गरिएको छ। तैपनि मार्च १४ मा आधिकारिक रूपमा सार्वजनिक नभएसम्म यसै हो भन्न सकिने स्थिति भने छैन।

के के हुनेछ त यसमा?
डिस्प्लेमा सुपर एमोलेड फुल एचडी स्त्रि्कन हुनेछ। स्त्रि्कनको साइज कति हुन्छ भन्ने चाहिँ थाहा हुन सकेको छैन। २ जीबीको र्‍याम हुनेछ भने स्टोरेज चाहिँ १६, ३२ र ६४ जीबीमा छान्न पाइनेछ।
यसमा १३ मेगापिक्सेलको क्यामरा हुनेछ, जसले ४१२८/३०९६ पिक्सेलको फोटो खिच्नेछ। एलईडी फ्ल्यासको व्यवस्थासमेत यसमा हुनेछ।
अपरेटिङ सिस्टम भने यसमा एन्ड्रोइड ४.२ अर्थात् जेलीबिन हुनेछ।
एभलिक्सले सार्वजनिक गरेको अर्को फोटोमा ग्यालेक्सी एस सिरिजका पुराना स्मार्टफोनहरू र नयाँ देखाइएको छ। नयाँको आकार पुरानोभन्दा ठूलो देखाइएको छ। यो सत्य हो भने ग्यालेक्सी एस थ्रीभन्दा एस फोरको आकार थोरै ठूलो हुनेछ। आकार ठूलो भए पनि यसको मोटाइ भने पहिलेभन्दा पातलो हुने अनुमान गरिएको छ।
आइफोनभन्दा फरक यो बनाउने सामान पनि हुनेछ। यो मोबाइल सेरामिक्स वा आल्मुनियमको साटो प्लास्टिकबाट बनाइनेछ। त्यस्तै, यस पटकको मोडलमा एसडी कार्ड राख्ने ठाउँ पनि बनाइनेछ। यसको मतलब कसैले ६४ जीबीको मोडल किन्यो भने त्यसमा ६४ जीबी एसडी कार्ड थपेर १२८ जीबी बनाउन सकिनेछ। त्यो भनेको सन् २००६ तिरको नोटबुक कम्प्युटरमा हुने भण्डारण क्षमता बराबर हो। उतिबेला ब्यागमा बोकेर हिँड्नुपर्ने अहिले तपाईंको गोजीमा अट्नेछ।
यस पटक ग्यालेक्सीमा वायरलेस चार्जिङको सुविधा पनि हुने अनुमान गरिएको छ। अहिले नोकिया लुमियामा यस्तो सुविधा छ।

आँखाबाट हुनेछ नियन्त्रण
न्युयोर्क टाइम्सले छापेको रिपोर्टअनुसार ग्यालेक्सी एस ४ मा एउटा ठूलो प्रविधि समावेश गरिएको हुनेछ, आई ट्रयाकिङ टेक्नोलोजी। अर्थात्, तपाईंले आँखाको नानीको चालबाट पेज तलमाथि दायाँ–बायाँ गर्न सक्नुहुनेछ। सामसुङमा काम गर्ने एक अज्ञात कर्मचारीलाई उद्धृत गर्दै पत्रिकाले छापेको समाचार अनुसार यसमा राखिने सफ्टवेयरले तपाईंले स्मार्टफोनमा हेरिरहनुभएको पेजको अक्षर पढिसक्नुभएको थाहा पाएर आफसेआफ अर्को प्याराग्राफ देखिने बनाउनेछ।
यो बारेमा थप कुनै जानकारी पाउन सकिएको छैन। तर, गएको जनुवरीमा कम्पनीले युरोपमा आई स्क्रोल टे्रडमार्क दर्ता गर्न निवेदन दिएको थियो। त्यसैगरी सामसुङले आइ स्क्रोल टे्रडमार्कलाई अमेरिकामा पनि दर्ता गर्न निवेदन दिइसकेको छ।
त्यसो त ग्यालेक्सी एस थ्रीमा पनि आँखाको चाल बुझ्ने प्रविधि राखिसकिएको थियो। आँखाले हेरिरहेसम्म फोन स्लिप नहुने स्मार्ट स्टे त्यसमा प्रयोग गरिएको थियो। यसका लागि फ्रन्ट फेस क्यामराले कसैले मोबाइलमा हेरिरहेको छ कि छैन थाहा पाउने प्रविधि उपयोग गरिएको थियो। नहेरेको भए मात्र मोबाइल स्लिप मोडमा जान्थ्यो।

Leave a Reply

Your email address will not be published.