हस्तकलाका धनी समुदाय

सन्तोष दहित, दाङ- आफ्नै भेषमा सजिएर थारु महिलाहरु आफ्नो हातले बनाएको विभिन्न थरिका हस्तकलाको प्रदशनको लागि नेपाल सस्कृत विश्व विद्यालय वेलझुन्दीमा पुगेका थिए। आफूले बनाएका हस्तकलाको प्रचार प्रसार गर्नुको साथै थारु जातिको परम्परागत हस्तकला प्रवद्धनको लागि थारु समुदायकमा महिला तथा पुरुषहरु त्यहा पुगेका थिए। यहि पुस महिना ३ र ४ गतेका दिन नेपाल संस्कृत विश्व विद्यालयको आयोजनामा भएको वृहत सास्कृतिक संगोष्ठी कार्यक्रममा थारुजातिका महिला पुरुषहरुले परम्परागत हस्तकला शिल्पकलावाट निर्माण गरिएका चित्र र सामग्रीहरु लिएर कार्यक्रमलाई थप प्रभावकारी पुगोस भन्ने उद्देश्यले छुट्ट स्टल वनाएर राखिएको थियो। 
त्यही कार्यक्रममा थारु जातिको हस्तकला तथा शिल्पकलाको स्टलमा अवलोकन गर्न पुगेका दर्शकहरुलाई जानकारी गराउदै भने थारु वुद्धिजीवि तथा थारु सस्कृतविद अशोक थारु अहिले थारु जातिको सिप त आफ्नै ठाउमा छदैछ। थारु जातिले वनाएको हस्तकला तथा शिल्पला अहिले वजार लिइरहेको वताए। त्यतिवेला थारु समुदायमा मात्र प्रयोग गरिने यी सामग्रीहरु अहिले आयआर्जन मात्र नभएर आम्दानीको श्रोत समेत वनेको जानकारी दिए। यति मात्र नभएर अहिले यो हस्त कला तथा शिल्पकलाले राष्ट्रिय तथा अन्तराष्टिय वजार समेत लिइसकेको अवलोकन गर्नआउने दर्शकहरुलाई थारुले जानकारी दिए। परम्परागत देखि थारु जातिले अफै वनाएर प्रयोग गर्दै आएको हस्त कला केहि दिन हराए पनि अहिल भने हस्तकला तथा शिल्पकलाको पुन जागरण भइरहेको थारुले भने। दाङ, वाँके, कैलाली र कपिलवस्तु जिल्लामा त घरेलु उद्योगमा दर्ता गराई थारु जातिको हस्तकलाको उद्योग सञ्चालन गर्दै आएको समेत थारुले जानकारी दिए। यति महत्व रहेको जातिको हस्तकलामा थारु जातिको हरेक वस्तु मोलिक सस्कृतिसंग जोदिएकोले यो हस्तकलाले थारु जातिको पहिचान झलकाउनमा पनि ठुलो भूमिका रहने थारुको भनाई थियो।
कार्यक्रममा विभिन्न थरिको ढकिया, ढक्ली, डेल्वा, दक्नी, बेर्रा, पैनसटोपी, वहिंगा, हरझौकी, सुइला, ढच्या गुन्री, पटकी गुन्री, पौवा चप्पल, गमला, टोपी, फुन्या बेर्रा, काठले निर्माण गरिएको थारु जातिका महिला पुरुषको चित्र, थारु जातिको विभिन्न देवता लगायत स्टलमा राखिएको थियो।
त्यहाँ राखिएको वहृत साँस्कृतिक संगोष्ठी कार्यक्रममा सहभागि हुन गएका अन्य समुदायका मानिसहरुको ध्यान पनि त्यहि थारु जातिका महिला पुरुषहरुले राखिएको हस्तकलामा ध्यान केन्द्रित भएको थियो। कार्यक्रमको पहिलो दिन उदघाटन पछि त्यहि हस्तकलाको अवोलन गर्न पुगेका नेपाल सस्कृति विश्व विद्यालयका कुल सचिव जगत प्रसाद उपाध्यले थारु समुदायका महिला पुरुष हस्तहलामा सवैभन्दा सिपालु जातिको रुपमा रहेको टिप्पनी गरेका थिए। उनले भने थारु जाति अहिले पनि सस्कृतिमा नेपालको सवैभन्दा धनि जातिको रुपमा चिनिछन। उनिहरुको आफ्नै फरक किसिमको लवाइ खवाई, भेष भुषा रहेको थारु जातिको कला सिप पनि उत्तिकै सिपालु रहेको वताए। यी हस्तकलालाई व्यापकरुपमा प्रचार प्रसार गर्न सक्ने हो भने यी विभिन्न प्रकारका हस्तकला वजारमा पनि उतिकै विक्रीहुने वताए।
हस्तकलाको अवलोनमा संगसंगे पुगेका नेपाल सस्कृत विश्व विद्यालय वेलझण्डीका शिक्षाध्यक्ष नारायण कुमार आचार्यले भने थारु जातिको मौलिक सस्कार संग जोदिएका यी हस्तकला शिल्पकलाको महत्व पनि फरक रहेको वताए। यहि हस्तकला तथा शिल्पकलावाट पनि थारु जातिको सस्कार र सस्कृतिलाई अनुसन्धान गर्न सजिलो रहेको वताए। यस्तो महत्वपुर्ण रहेका परम्परागत हस्तकला तथा शिल्पकलाको संरक्षण गर्न जरुरी रहेको उनले टिप्पनी गरे। थारु जातिको सस्कृतिका नै नेपालको सस्कृति हो। त्यसैले यो सस्कृतिलाई संरक्षण गर्नको लागि सवैको उतिकै भूमिका खेल्नसक्नुपर्ने आचार्यले वताए। थारु जातिको महत्वपुर्ण पम्परागत सस्कृति , सभ्यताको जर्गेना गर्नको लागि सवैले सहयोग गर्नुपर्ने उनले भने। यसलाई जर्गेन गर्नको लागि नेपाल सस्कृति विश्व विद्यालयले नया खाले कार्यक्रम ल्याइरहेको आचार्यले वताए। अहिले वहुसास्कृतिक, वहुजातिय देश नेपाललाई समावेसी र सहभागितामुलक वनाई राज्यको विकास र उनन्तीका लागि पनि सवै समुदायको प्रतिनीतित्व र पहिचानलाई सुनिश्चित हुनपर्ने अहिलेको अवश्यक्ता रहेको आचार्य वताए। यहि आवश्यक्तालाई महसुस गरि विश्वविद्यालयले वृहत सास्कृतिक संगोष्ठी राखिएको आचार्यले वताए। यो सानो प्रयासले सवै जातजातिको सस्कृति, भाषा, धर्म, कला र साहित्यको जगेर्नामा महत्वपुर्ण योगदान हुने आर्चायको भनाइ थियो। हस्तकला तथा शिल्पकला प्रदशनको लागि दाङ, देउखुरीका थारु महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो।

गोरक्ष राष्ट्रिय दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.