सुनसरी झुम्कामा माघी महोत्सव सुरु [फोटोसहित]

निशान प्रकृति थारु/झुम्का।

सुनसरीको रामधुनी नगरपालिका झुम्कामा माघी महोत्सव–२०७४ लाई शुभारम्भ गर्दे संस्कृति तथा पर्यटन राज्यमन्त्री सुमित्रा थरुनीले थारु जातीय परम्परा, भेषभुषा एंवम पहिचान अनुरुप थारुको संस्कृतिले नेपालको पहिचानमा विशेष महत्वको भएको बताइकी छिन । उदघाटनमा बोल्दै नेपालको सबभन्दा बढी संस्कृति, संस्कार, परम्परा, भेषभुषा तथा चार्डपर्वमा धनी थारु जाति भएको बताइन ।

आदिवासी भुमि पुत्र थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने माघी पर्वलाई सुनसरीका थारु महिलाहरुको अगुवामा आयोजना भएको कार्यक्रमलाई समेत थरुनीले प्रशंसा गरेकी हुन्।

सोही अवसरमा पूर्व यातायात राज्यमन्त्री एवम सांसद सिताराम मेहताले थारु समुदायको विशेष पर्वका रुपमा मनाईदै आएको माघी पर्वको अवसर पारेर माघे सक्रान्ति अर्थात नयाँ बर्षमा अन्नपात उपभोग गर्दै भूमिपूजन सहित अर्को बर्ष पनि कुनै दुख विराम नभई सुख शान्ति सहित सम्पूर्ण थारु समुदायको परिवारमा नयाँ उमङ्गसाथ जीवन वितोस भन्ने कामना गर्नु भएको छ ।

माघी अर्थात नयाँ बर्षको पावन अवसर पारेर थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी चिचिर भात, रोटी बयिया, हाँस र कुखुराको मासु एवम माछा आदि धेरै प्रकारका पकवानहरु तयार पारेर महोत्सव अवधिमा थारु समुदायबीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै माघी पर्वलाई धुमधामसँग मनाईदै आएको छ ।

थारु महिला सभा रामधुनीको आयोजनामा भएको माघी महोत्सवमा तराई क्षेत्रका भूमिपुत्र थारु समुदायको विशेष पर्व सुनसरी झुम्कामा पुस २१ बाट ३० गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published.