थरुहट आन्दोलनमा धनजनको क्षति भयो? यहाँ उजुरी गर्नुस्

मधेसी र थारु समुदायको आन्दोलनमा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय आयोगले बिजुलीबजारमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ। आयोगले पीडितहरुलाई उजुरी दिन आह्वान पनि गरेको छ। 

सरकारले ‘तराई, मधेस र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेका आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।

पीडितहरुले ३० दिनभित्र उजुरी दिन सक्नेछन्। पीडितहरुले आयोगको कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा जिल्ला विकास समितिको कार्यालयमा उजुरी दर्ता गर्न गराउन सक्नेछन्।

यसैगरी आयोगको वेबसाइट www.hlec.gov.np मार्फत् पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

उजुरी फारम डाउनलोड गर्नुस्

Leave a Reply

Your email address will not be published.