पाक सुन्दरी के कम?

Sara lerenपाकिस्तानबाट भित्रिने बालाहरूले बलिउडमा तहल्का मच्चाउँदै आएका छन्। त्यहाँको बन्द समाजमा खुला विचार र व्यक्तिगत स्वतन्त्रता नपाए पनि बलिउडमा पसेपछि भने उनीहरू ‘बाबा बिन्दास’ हुँदै आएका छन्। यसरी बलिउडमा आएर विचारमात्र नभएर पहिरनसमेत खुला गर्नेमा विना मलिक, सोफिया हयात, लैला खानलगायत अभिनेत्रीको लामो सूची नै बन्छ। यस्तै महेश भट्ट क्याम्पको फिल्म ‘मर्डर–३’ बाट बलिउड छिरेकी अर्की पाक ब्युटी सारा लरेनले समेत बबाल बोल्ड सिन दिएकी थिइन्। भट्ट पुत्री पूजा भट्ट निर्देशित फिल्म ‘कजरारे’बाट बलिउड डेब्यू गरेकी उनले ‘मर्डर–३’ मा दिएका बोल्ड सिनबाट नै दर्शकको ध्यान आफूतिर तान्न सफल भएको बताइन्छ। ‘मर्डर–३’ पछि फिल्मका अरू हिरो–हिरोइन चर्चित भए, नभए पनि उनी भने पर्याप्त चर्चामा आएकी छिन्। उनी फेसन म्यागजिन ‘एफएचएम’ को मार्च अंकको कभर गर्ल बनेको बताइन्छ। उनले यसका लागि गरमागरम फोटोसुट गराएर पाक बाला पनि सौन्दर्य प्रदर्शनमा भारतीय बालाभन्दा कम नभएको छनक दिएको बताइन्छ।

Leave a Reply

Your email address will not be published.