क्रान्तिकारी विद्यार्थी सङ्गठनको अध्यक्षमा राना

बुटवल- नेकपा-माओवादी निकट विद्यार्थी सङ्गठन क्रान्तिकारी विद्यार्थी सङ्गठन नेपाल रूपन्देही जिल्ला कमिटीले पूर्णता पाएको छ। विक्रम रानाको अध्यक्षतामा गठित जिल्ला कमिटीका उपाध्यक्षमा प्रेमबहादुर लामिछाने, सचिवमा शिवराज पौडेल, सहसचिवमा पूर्णचन्द्र भट्टराई र कोषाध्यक्षमा मोहन कुँवर रहेका छन्। कमिटीका सदस्यमा प्रमिला चौधरी, देवी पौडेल, रोशन भुजेल, सुवास गुरुङ, जीवन थापा, सुनिल फुल्लेल, प्रेम अधिकारी, सन्तोष थापा, अरूण अधिकारी, एन्थस क्षेत्री, मोहन लामिछाने, आतिश चौधरी, वासु थापा, अजय चौधरी, अभिषेक श्रेष्ठ, सन्तोष गुरुङ र योगेश रेस्मी रहेका छन्।

जिल्ला कमिटी सदस्य प्रमिलाई छात्रा विभाग प्रमुखको जिम्मेवारीसमेत तोकिएको नेकपा-माओवादी रूपन्देही संयोजक नवीन शर्माले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.