भ्रष्टाचारविरुद्ध भोकहडताल

सप्तरी- भ्रष्टाचारविरुद्ध आन्दोलनरत नेपाल सद्‍भावना पार्टी (गजेन्द्रवादी)ले भोकहडताल सहितका नयाँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। भ्रष्टाचारीलाई कारबाही गर्न सम्बन्धित निकायले आलटाल गरेको र भ्रष्टाचार बढ्दै गएका कारण उक्त पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। जिविस सप्तरीमा भएको अनयमितता छानबिन भए पनि राम्रोसँग नगरिएको तथा भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै पेस्की रकम असुल गर्न कुनै किसिमको प्रक्रिया नचालिएका कारण पुनः आन्दोलनमा उत्रनुपरेको सो पार्टीका केन्द्रीय अध्यक्ष विकास तिवारीले जानकारी दिए। आजदेखि आगामी फागुन १४ सम्म गाउँगाउँमा कार्यक्रम गरी फागुन १५ देखि आमरण अनशन बस्ने कार्यक्रम तय गरिएको अध्यक्ष तिवारीले बताए। रासस

Leave a Reply

Your email address will not be published.