फागु पर्व मर्यादित बनाउन प्रहरीको आग्रह

Holi in Nepalकाठमाडौं- ट्राफिक प्रहरी महाशाखाले फागु पर्वलाई मर्यादितरूपमा मनाउन उपत्यकावासीमा हार्दिक अनुरोध गरेको छ। महाशाखाद्वारा प्रकाशित विज्ञप्तिमा विगतका वर्षहरूमा छानामा बसी पानी, लोला फ्याँक्दा, लखेटीलखेटी रङ पानी छ्याप्दा, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी सवारी साधन चलाउँदा, एउटै मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रा गर्दा, हेल्मेट नलगाउँदा र सवारी साधनको छतमा बसी रङ खेल्दा दुर्घटना भई धेरैजनाको ज्यान गएको तथा गम्भीर घाइते भइ जनधनको क्षति भएको उल्लेख गरिएको छ।

चाडपर्वलाई उत्सवका रूपमा लिई संयमित, मर्यादित भई फागु पर्व मनाउन एउटै मोटरसाइकलमा तीन चारजना यात्रा नगर्न, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग गर्न, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, सवारी चल्ने सडकमा हुल बाँधेर हिँड्न र फागु नखेल्न, उच्छृङ्खल गतिले सडकमा सवारी साधन जथाभावी नचलाउन र बाटोमा गुडिरहेका सवारीसाधन र पैदलयात्रीलाई छत वा छानाबाट रङ पानी नछ्याप्न महाशाखाले सबैमा विशेष अनुरोधसमेत गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.