थारू अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन हुने

बाँके- जंग्रार साहित्यिक बखेरीले थारू अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनका लागि चिन्तन गरेको छ। नेपालको बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर थारू साहित्यकारहरुको बखेरीले पुस १० गते गाभर भ्यालीको होम स्टेमा एक कार्यक्रम गरी उक्त चिन्तन गरेका हुन्। साहित्यकार कृष्णराज सर्वहारीले साहित्यिक बखेरीलाई अन्तर्राष्ट्रियरुपमा चिनाउनुका साथै भाषा संस्कृतिको संरक्षण एवं प्रबर्द्धन गर्न अन्तराष्ट्रिय साहित्यिक सम्मेलनले सहयोग गर्ने भएकाले यसबारे चाँडै नै ठोस निर्णय गरिने बताए। त्यस्तै अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनका लागि सरोकारवालासँग छलफल तथा समन्वय गरिने जंग्रार साहित्यिक बखेरीका सोम डेमनडौराले जानकारी दिए।

साथै साहित्यले देशमा सकारात्मक परिवर्तन गर्न सहयोग पुग्ने भएकाले साहित्यिक अभियान निरन्तररुपमा ग्रामिण स्तरसम्म पनि साहित्यको सृजना गर्नु पर्ने धारणा राखेका छन्। पाकिस्तानमा कार्यरत गोपी चौधरीले अन्तर्राष्ट्रियरुपमा बसोवास गरिरहेका थारू साहित्यकारलाई थारू भाषा संस्कृतिका लागि सहयोग गर्न अन्तर्राष्ट्रियरुपमा समन्वय गर्ने जनाएका छन्।

बखेरीमा प्रतिनिधित्व गर्ने दाङ जिल्लाका छविलाल कोपिलाले ठाउँ परिवेशअनुसार विविधता रहेको थारू भाषा संस्कृति आफैँमा नविन रहेकाले सबै क्षेत्रको थारू भाषा संस्कारलाई संरक्षण एवं प्रबर्द्धन गर्न अन्तराष्ट्रिय साहित्यक सम्मेलनले सहयोग गर्ने धारणा राखे।

सुर्खेतका साहित्यकार मान बहादुर चौधरी (पन्ना)ले साहित्यीक बखेरीलाई विस्तार गर्दै बखेरीको निरन्तरता दिनुपर्ने धारणा राखे। दर्जन बढी साहित्यकारको जमघटले गाभर भ्याली तथा होम स्टेका थारू साँस्कृतिक समूहसँग समेत साहित्यीक अन्तरक्रिया गरेको छ। उक्त अन्तरक्रियाले उक्त क्षेत्रका युवा पुस्तालाई भाषा संस्कृति प्रतिको मोह बढ्नुका साथै भाषा संस्कृतिको संरक्षणले समुदायलाई आर्थिक एवं सामाजिकरुपमा सहयोग पुग्ने होम स्टे सञ्चालक हिमलाल चौधरीले जानकारी दिए।

स्थानीय पत्रकार एवं मिनी भ्याली भिलेज तथा होम स्टे ब्यवस्थापन मुल समितिका सचिव कृष्ण चौधरीले उक्त टोलीलाई चिसापानी गाविसको इतिहास तथा पर्यटकीय क्षेत्र ब्यवस्थापन भइरहेको क्षेत्रको अवलोकन गराएका थिए। उक्त क्षेत्र अवलोकनपछि बखेरी समूहले अवलोकनको अनुभूतिलाई गजल तथा मुक्तक मार्फत बाचन गरेका थिए । प्रकृतिको बरदान उक्त पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि अफ्गानिस्तानमा कार्यरत गोपी चौधरीले अन्तर्राष्ट्रियरुपमा परिचित गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published.