लोप हुँदै डेल्वा

delwaसन्तोष दहित, दाङ- डेल्वा भन्ने थारु भाषाको शव्द हो। यो डेल्वा थारु जातिका लागिमात्र नभएर अन्य समुदायका लागि पनि महत्वपूर्ण मानिन्छ। डेल्वा बनाउ एक प्रकारको नरम घाँस र काँचो खरलाई सुकाएर थारु जातिका महिलाले हातले बुनेको ढकियाको रुपमा तयार गरिन्छ। त्यही ढकियाको वरिपरिलाई रंगिचंगी तथा विभिन्न किसिमका कपडा, मयुरको पखेटा, सुटहीले सिंगारेर बनाएको ढकियालाई थारु भाषामा ‘डेल्वा’ भन्ने चलन छ। यो थारु जातिमा सबैभन्दा बढी प्रयोग गरिने हस्तकला मध्य एक ‘डेल्वा’ हो। खासगरी चाडपर्व, विशेष कार्यक्रम, बिहेको बेला सजावटका लागि कपडा, गरगहना, अन्य बहुमूल्य सामग्री राख्‍न थारु जातिले ‘डेल्वा’ को प्रयोग गर्दै आएको पाइन्छ। यतिमात्र नभएर पूजापाठका बेला पनि ‘डेल्वा’ को प्रयोग गरिन्छ। तर अहिले यसको प्रयोग कम हुन थालेको छ। जसले गर्दा अहिले थारु जातिको डेल्वाको महत्व घटदै गएको पाइन्छ।

‘डेल्वा’लाई थारु जातिको पाठ पूजादेखि बिहेमा अनिवार्य रुपमा प्रयोग गर्दै आएको घोराही नगरपालिका-२, गुलरियाका गुदासी चौधरीले बताइन्। विवाहको वेला पुरुषको तर्फबाट जन्ति जानेवेला चार पाँच जना थारु महिलाहरु ‘नकोन्डी’ले दुलहीको लागि कपडा, गरगहना त्यही डेल्वामा बोकेर जाने चलन रहेको चौधरीले बताइन्। दुलहीको तर्फबाट आउने ‘नकोन्डी’ हरुले पनि दुलाहको लागि लुगा र अन्य सरसमान डेल्वामा राखेर ल्याउने चलन रहेको चौधरीले भनिन्। थारु जातिले प्रयोगमा ल्याउने गरेको हस्तकला मध्य सबैभन्दा बढी प्रयोग गरिने हस्तकलामा डेल्वा नै भएको चौधरीको भनाइ छ। थारु जातिले प्रयोग गर्दै आएको ‘डेल्वा’ अहिले अरु समुदायले पनि प्रयोग गर्दै आएको उनले बताइन्। सफा र सुन्दर देखिने थारु जातिका महिलाहरुले बनाउदै आएको डेल्वालाई आजकल बैठक तथा सुत्‍ने कोठामा सजावटका लागिसमेत प्रयोग गर्दै आएका छन्। थारु समुदायमा ‘डेल्वा’ को प्रयोग नहुने कुनै घर नै हुदैन चौधरीले भनिन्। कसुन्ना, खर, सुटही, मयूरका पखेटा नपाएकोले पनि डेल्वाको प्रयोग कम भएको हुनसक्ने चौधरीको भनाइ छ।

हिजोका दिनमा थारु जातिले मात्र प्रयोग गरिने डेल्वा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमासमेत डेल्वाको बजार पाइरहँदा कच्चा पर्दाथको अभावले डेल्वा बनाउन समस्या भइरहेको देउखुरीकी सुनिता चौधरीले भनिन्। आफूहरुले थारु जातिको परम्परागत हस्तकलालाई संरक्षण गर्न हस्तकलाको उद्योग सञ्चालन गरेता पनि कच्च पर्दार्थको कमिले त्यति सहज नभएको उनले भनिन्।
आफूहरुले हस्तकलाको उद्योग सञ्चालनमा ल्याएपछि सबैभन्दा बढी मात्रामा बिक्री हुने डेल्वा रहेको चौधरीले जानकारी दिइन्। डेल्वा फरक महत्व रहेको बताउँदै सानो ठूलो आकार हेरेर एक हजार पाँच सयदेखि लिएर पाँच हजारसम्म बिक्री भइरहेको चौधरीले बताइन्। हिजो घरमा मात्र प्रयोग हुने यी हस्तकला अहिले आयस्रोतको रुपमा भन्दा आफूहरु पनि खुसी रहेको चौधरीले बताइन्। त्यतिबेला धेरै प्रयोग हुने यी हस्तकला केही दिन प्रयोग हुन छाडेको थियो चौधरीले भनिन्। अहिले आफूहरुले उद्योग सञ्चालनमा ल्याएपछि पुनः थारु समुदायमा मात्र नभएर अन्य समुदायमा पनि केही प्रयोगमा आएको छ। तर अझै यसलाई व्यापक बनाउन डेल्वाको महत्वबारे बुझाउन जरुरी रहेको उनको भनाइ थियो।

2 thoughts on “लोप हुँदै डेल्वा

Leave a Reply

Your email address will not be published.