बेलायती राजकुमारी गर्भवती

लन्डन,  एएफपी– बेलायतका राजकुमार प्रिन्स विलियमकी पत्नी राजकुमारी क्याथरिन गर्भवती भएकी छिन्। बेलायतको औपचारिक राजप्रासाद सेन्ट जेम्स प्यालेसले सोमबार राजपरिवारको उत्तराधिकारीका पाउने समाचार दिएको हो। बेलायतकी महारानी एलिजाबेथ दोस्रोपछि प्रिन्स चार्ल्सका जेठा छोरा राजकुमार विलियम र ह्यारीपछि राजगद्दीको उत्तराधिकार चौथो पुस्तामा जानेछ।
सन् २०११ अप्रिलमा विलियमसँग बिहे गरेको केही महिनापछि नै राजकुमारी क्याथरिन गर्भवती भएका गाइगुइ चलिरहेको थियो। गर्भ रहेको लक्षण देखिएपछि राजकुमारीलाई मध्य लन्डनस्थित किङ एडवार्ड सातौं अस्पतालमा सोमबार दिउँसो चिकित्सा जाँचका लागि लगिएको थियो।
प्रिन्स विलियमको सन्तान हुने भएपछि महारानी एलिजाबेथलगायत राजपरिवार दंग परेको छ। बेलायती महारानी पनातिपनातिनीको मुख हेर्न पाउने भएपछि निकै फुरुंग परेकी छिन्। राजकुमारी गर्भवती भएको तीन महिनासमेत नभएको बेलायती समाचार एजेन्सीले दिएका छन्।

Leave a Reply

Your email address will not be published.