सर्लाहीमा अज्ञात समूहद्वारा गोली हानी हत्या

सन्तोष सिंह, सर्लाही- सर्लाहीको सुन्दरपुर चोहर्वाका एक स्थानीयलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ। सुन्दरपुर चोहर्वा-७ हिरापुर थारु टोलका २० वर्षीय दीपेन्द्र महतोलाई सोमबार अबेर राति गोली प्रहर गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए। महतोको पछाडिबाट ढाडमा गोली प्रहर गरी हत्या गरिएको उनले बताए।
स्थानीय हनुमान मन्दिर नजिक अचेत अवस्थामा प्रहरीले महतोलाई फेला परी उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गराएपछि मृत्यु भएको प्रहरीले जनाएको छ। महतो लालबन्दीस्थित जनज्योति उमावि कक्षा १२ मा अध्यनरत थिए। एक महिनाअघि लालबन्दी छोडेर घरमै महतो बस्दै आएका थिए।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक उमाशंकर पंजियारले बताए। बरहथवा आसपासका क्षेत्रमा सुरक्षा चेक जाँच कडा बनाइएको छ। घटना स्थलमा गोलीको खोका नभेटेकोले अन्यत्र गोली हानि हनुमान मन्दिर नजिक महतोलाई ल्याएर फालेको हुनसक्ने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.