‘सहमतिबिना पूर्ण बजेट कांग्रेसलाई मान्य छैन’

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान सभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा गएमा राजनीतिक अन्योल अन्त्य हुने विचार व्यक्त गरेका छन्। नेपाली काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको ९७ औं जन्मजयन्तीको अवसरमा आज शोभाभगवतीमा आयोजित कार्यक्रममा नेता सिंहले भने- ‘सहमतिबिना सरकारले पूर्ण बजेट ल्याए कांग्रेसलाइ मान्य हुनेछैन।’

लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गर्नका लागि त्यागको आवश्यकता रहेको र त्यो त्यागको भावना गणेशमान सिहंबाट सिक्नुपर्ने उनले बताए। सो अवसरमा सर्वोच्च नेता गणेशमान सिंहको अर्धकदको शालिकमा मार्ल्यपण गरिएको थियो। रासस

Leave a Reply

Your email address will not be published.