भोजपुरीतिर आयुष

नेपाली फिल्ममा उस्तो जम्न नसकेपछि नायक आयुष रिजाल भोजपुरी फिल्मतिर लागेका छन्। फिल्म ‘हिफाजत’मा नायिकाको राम्रै हिफाजत गर्न सक्ने एक्सन ब्वाईका रूपमा देखिएपछि उनलाई धेरैले जम्ने आश गरेका थिए। तर त्यसपछि उनले अभिनय गरेका प्रायः फिल्म असफल भए। यतिबेला आयुÈ हाल ‘चण्डी’ नामक भोजपुरी फिल्ममा काम गरिरहेका छन्। आयुषको लुक्स र एक्सनले भोजपुरीमा चाहिँ काम गर्ने अनुमान गरिँदै छ। भोजपुरी फिल्मको मुख्य मसला पनि एक्सन र आयुषको फिल्म क्षेत्रका लागि मुख्य हतियार पनि एक्सन नै भएपछि बल्ल सही बाटो पहिल्याएको भन्ने फिल्मकर्मी धेरै छन्। एक्सन हिरोकै रूपमा नेपाली फिल्ममा काम गरेका विराज भट्ट उता राम्रै जमेकाले पनि आयुष जम्ने अनुमान लगाइँदै छ।

Leave a Reply

Your email address will not be published.