थारुले पनि शासन सत्ता चलाउनुपर्ने माग

श्रीनिवास चौधरी- थारु समुदाय तराईका आदिवासी भए पनि सदियौंदेखि अन्य जातिको अधिनमा रहनुपरेको थारु अगुवाहरुले बताएका छन्। उनीहरुले अब थारु समुदायले पनि शासनसत्ता चलाउनुपर्ने माग गरे। थारु कल्याणकारीणी सभा रुपन्देहीको आयोजनामा भलवारीमा सम्पन्न राजनितीक विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अब हुने निर्वाचनमा राजनीतिक दलहरुले थारु समुदायका व्यक्तिहरुको स्थान सुनिश्चित गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति समन्वय परिषद् रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीले थारु समुदाय जहिले पनि प्राकृतिक स्रोत, साधनको उपभोगमा पछाडि पर्ने गरेको उल्लेख गर्दै तराईको जल जंगल र जमिनमा थारु समुदायको अधिपत्य हुनुपर्ने बताए। थारु कल्याणकारीणी सभा रुपन्देहीका अध्यक्ष देवीप्रसाद चौधरीले थारु समुदायले विगतमा उठाएका मुद्दा र सरकारसँग भएका सम्झौता कार्यन्वयन हुनुपर्नेमा जोड दिए।

सभाका सहसचिव सतिश कुमार चौधरीको स्वागत तथा सचिव सरिता चौधरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आदिवासी जनजाति समन्वय परिषद् रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, थारु कल्याणकारीणी महिला सभा रुपन्देहीका अध्यक्ष रमा थारु र बजार व्यवसायी संघ भैरहवाका अध्यक्ष अवतार थारुलाई सम्मान गरियो।

Leave a Reply

Your email address will not be published.