सफल पोखरा कपको उपाधि मनाङलाई

तस्बिर : मनोज मगर

पोखरा- सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। पोखरा रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा मनाङले मच्छिन्द्र क्लबलाई १–० ले पराजित गरेको थियो। कास्की जिल्ला फुटवल सङ्घको आयोजनामा गत कात्तिक १४ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा बिजेता मनाङ मर्स्याङ्दीले नगद रु तीन लाख पाँच हजार र उपविजेता मच्छिन्द्र क्लबले रु एक लाख ५० हजार जितेको छ।

काठमाडौंमा हालै सम्पन्न एनसेल कपको विजेता मनाङलाई आजको खेल जित्न निकै हम्मेहम्मे परेको थियो। उत्कृष्ट खेल प्रदर्शन गरेको मच्छिन्द्रले गोल गर्ने निकै अवसर गुमाएको थियो।

मनाङका निराजन मल्लले ३५औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। उक्त प्रतियोगितामा भूटान, बङ्गलादेश र कलकत्ताका एक/एकसहित १२ टोलीको सहभागिता थियो। प्रतियोगिताका सर्वोत्कृष्ट, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलगायतका खेलाडीले पनि नगद पुरस्कार प्राप्त गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.