जीर्ण अवस्थामा थारु समुदायको देउठन्वा

सन्तोष दहित, दाङ- देउठन्वा भन्ने वित्तिकै नेपाली भाषमा सार्वजनिक मन्दिर भनेर सम्झे हुन्छ । त्यहि मन्दिर अर्थात देउठन्वालाई थारु समुदायले परम्परागत देखि सामुहिक रुपमा पुजा आजा गर्दै आएको थारु समुदायको साझा देउठन्वाको भौतिक संरचना संरक्षणको अभावमा अहिले थारु समुदायको देउठन्वा जिर्ण अवस्थामा पुगेको छ। थारु वस्ति रहेको सवै थारु गाँउम अनिवार्य रुपमा सवैको साझा देउठन्वा वनाएका हुन्छन्। सवैको पाएक पर्ने ठाँउमा वनाएको देउठन्वाको प्रांगनमा अनिवार्यरुपमा पिपलको रुक भएको हुन्छ।

थारु समुदायको देउठन्वा गाँउको महटवाको मातहतमा चल्ने गरेको पाइन्छ। यसै देउठन्वामा “डहरचन्डि, अइहरा, पाँच पाण्डव” लगायत देवताहरु हुने गरेकाछन। थारु समुदायको लागि देउठन्वा निकै महत्व रहेको छ। देउठन्वालाई संरक्षण र प्रवद्धन गरेर देउठन्वालाई पर्यटकिय रुपमा विकास गर्नुपर्ने थारु अगुवाहरु वताउछन। थारु समुदायका मानिसले देउठन्वामा सामुहिक रुपमा विभिन्न पुजा आजा गर्दै आएका छन। वर्षेनी वाखा्रका पाठा, सुँगुरको पाठा, चल्लाको वलि दिइने गर्दछन। पूजाका नाम अनुसार बलि दिइने चलन छ। यस देवठन्वामा थारु समुदायले वर्षको ५/६ वटा पूजाआजा गर्दै आएको पाइन्छ। जस्तै हार्‍या गुरै, धुहर्‍या गुरै, ढोहरी गुरै, खेन्वा वहन्ना गुरै) लगायत पूजा गर्ने चलन छ।

त्यसैगरि गाँउमा विहे गर्दा जन्ति जाने वेला दुलहीको घर जानु अगाडी र जन्ती फर्केर घरमा पस्नु अगाडी अनिवार्य रुपमा देउठन्वा घुम्नुपर्ने अर्थात दर्शन गर्ने चलन रहेकोछ। थारु समुदायको साझा देउठन्वालाई निर्माण गर्दा उत्तर – दक्षिणमा मात्र निर्माण गर्नुपर्ने र तल्ला भएको घर हुनुपर्छ। घर भित्र मुख्य देवता हुन्छ भने वाहिर अरु देवताहरु हुन्छन।
देवताको नाममा काठमा देवताको चित्र वनाएको हुन्छ। तर अहिले भने काठको ठाँउमा ढुँगाको देवता वनाएको पाइन्छ। केहि वर्षअगाडी थारु समुदायहरुको देउठन्वावाट काठको देवता चोरी भएपछि अहिले प्रया गाँउमा ढुँगाको देवता वनाएकाछन। तथापी थारु समुदायको ढुंगाको देवता भने कमै मात्रामा पाइन्छ हेकुली ८ दाङको युवा गुरुवा तथा वैदवा चन्द्रलाल चौधरी वताउनुहुन्छ । उहाँभन्नुहुन्छ हाम्रो गाँउमा पहिले पुर्खाहरुले वनाएको देवता चोरी भएपछि पुन पुर्खाहरुले वनाए जस्तै अर्को देवता वनायो। तर फेरी चोरी भयो चौधरी भन्नुभयो। उहाँका अनुसार पटक पटक देवता वनाउदा ठुलो खर्चहुने भएकोले देवता चोरी नहोस भनेर देवताहरुलाई मनाएर ढुंगामा पहिलेकै जस्तै देवताको चित्र वनाएर ढुंगाको देवता वनाएको उहाँको भनाई छ।

चौधरी भन्नुहुन्छ आफुहरुले आफ्नो परम्परावाट चल्दैआएको सस्कृतिलाई जगेर्ना गर्दा गर्दै पनि चोरी भइरहेकोले अव यस्को संरक्षण राज्यले लिनुपर्ने चौधरी भनाई रहेकोछ। देउठन्वाको भवन पनि जिर्ण अवस्थाम छन् ति जिर्ण रहेको भवनको पनि राज्यले वनाइदिनुपर्ने र देउठन्वाको वरिपरि पर्खालको पनि व्यवस्था गर्नसके देवताहरु पनि चोरीहुन वाट जोगिने थियो चौधरी भन्नुहुन्छ। उहाभन्नुहुन्छ थारु समुदायको मन्दिर भनेको देउठन्वा हो। त्यसैले पनि संरक्षण गर्ने मुख्य दायित्व भनेको राज्यको हुन्छ। सवै थारु समुदायले देउठन्वाको विश्वास गर्दै आएकोले पनि यसको जर्गेना गर्नपनि जरुरी रहेको चौधरीको भनाई छ।

देउठन्वामा एक चोटी मात्र पुजाआजा नगर्ने हो भने गाँघरमा विरामी पर्ने गाँउको सुरक्षा नहुने, अन्नवाली नसप्रिने हुने गरेको परम्पराको भनाईलाई उदृत गर्दै थारु वुद्धिजीवि सोगतविर चौधरी भन्नुहन्छ– थारु समुदायको पहिचान र अस्तित्व कायम राख्नको लागि पनि देउठन्वाको जगेर्नागर्नु जरुरी रहेको वताउनुहुन्छ। चौधरीले भन्नुहुन्छ नेपालको हरेक समुदायको संस्कृतको जर्गेर्ना गर्नको लागि राज्यको दायित्व हुन्छ। थारु समुदायको मात्र नभएर अन्य समुदायको संस्कृति संरक्षण गर्नकोलागि पनि राज्यले नै भुमिका खेल्नुपर्ने हो विडम्वना थारु समुदायको सस्कृतिलाई वेवास्ता गरेको चौधरीको भनाइ छ। थारु समुदाय नेपालको सवैभन्दा पुरानो आदिवासी जनजाति हुन। यनिहरुको पहिचान नै फरक छ। त्यसैले पनि थारु समुदायको भाषा, कला, सस्कृतिको प्रवद्धन गर्नको लागि स्थानिय निकायले अग्रसरता देखाउन जरुरी रहेको चौधरी वताउनुहुन्छ।

थारु समुदायको भाषा, कला, सस्कृति संरक्षण र प्रवर्द्धन गर्न स्थानियतहमा जिल्ला विकास समिति, नगरपालिका, गाविसको हो तर ति निकाय मौन वसेको चौधरीको भनाइ छ। आदिम काल देखि थारु समुदाय तराइमा वस्दै आएता पनि थारु समुदायको सस्कृति संरक्षण र प्रवद्धन गर्नको लागि ति निकायले ध्यान नदिदा आफुलाई दुःखलागेका गुनासो गर्नुहुन्छ चौधरी। स्थानिय तहमा वस्ने जुनसुकै समुदायको भाषा, कला, सस्कृति संरक्षणको लागि स्थायिन जिल्ला विकास समिति, नगरपालिका, गाविसमा मार्फत सञ्चालन गर्नको लागि केन्द्रवाट निर्देशन दिएता पनि स्थानिय तहमा ति निकाय चुपलागेर वस्नु भनेको दुखद कुरा हो उहा भन्नुहुन्छ।

यसैगरी थारु भलभन्सा वड्घर महटवा महासंघका केन्द्रिय अध्यक्ष एवम थारु अगुवा डिल्ली वहादुर चौधरीले थारु समुदायले प्राचिनकाल देखि मान्दै आएको सस्कृतिको जगेर्ना गर्नुभनेको पहिलो दायित्व राज्यको हो, त्यसपछि हाम्रो हो उहँाभन्नु भयो। त्यसैले थारु समुदायहरुको भुइह्यार, देउठन्वा, मर्वाको भवन निर्माणको लागि नेपाल सरकार सस्कृत मन्त्रालयले गर्नुपर्ने चौधरीको भनाई रहेकोछ। उहाँ भन्नुहुन्छ अरु समुदायको मठ मन्दिर मर्मत सम्भार तथा निर्माणको लागि करौडो बजेट छुत्याउन मिल्छ भने थारु समुदायको लागि किन नमिल्ने वताउदै चौधरी थारु समुदायहरुको भाषा, कला, सस्कृति भनेको नै नेपालको पहिलो पहिचान हो। थारु समुदायको आफनै पहिचान फरक लवाइ खवाई, फरक भेषभुषा, फरक सस्कृति, फरक भाषा रहेको समुदाय हो। राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत छुट्टै पहिचान रहदै आएको छ। प्रकृति संग अत्यन्त नजिक सम्वन्ध रहेको थारु जातिहरु समृद्ध सस्कृतिका धनि हुन्।

त्यसैले पनि थारुहरुको भुइह्यार, देवथान, मर्वा वनाउको लागि कम्तीमा पनि एक वडाको लागि पाँच लाख वरावरको नेपाल सकरकारले वजेत छुत्याउनुपर्ने चौधरीको भनाई रहेको छ। अहिले थारु समुदायको भुइहयार, देउठन्वाको जगेर्ना गर्नको लागि थारु समुदायको देउठन्वाको भवन वनाउको लागि राज्यलाई समेत घचघचाउदै आएको वताउदै चौधरी यदि यो विषयमा राज्यले नसुने कडा आन्दोलन गर्ने समेत उहाँ जानकारी गराउनुभयो। चोधरी भन्नुभयो थारु समुदायको देउठन्वा मर्मत सम्भार तथा प्रवर्धनको लागि र महतावा प्रथालाई कायम राख्नको लागि यहि मंसिर महिनामा देशभरिको ३०० जना महटवा, गुरुवा, वेदावा, भलभन्सा, वडघरको सम्मेलनको तयारी भइरहेको चौधरी जानकारी दिनुभयो। आफुहरुले यस विषयमा सवै जिल्लामा सचेतना मुलक कार्यक्रम गरि वडघर, भलमन्सा, महटवाको जिल्ला कार्यसमिति पनि विस्तार गरिसेको चौेधरी वताउनुभयो। थारु समुदायकहरुको देउठन्वा भवन नहुदा थारु समुदायलाई पुजा आजा गर्न समेत अप्ठयारो परिरहेकोले यस विषयम राज्यले गम्भिर भएर लाग्नु पर्ने चौधरी वताउनुभयो ।

त्यसैगरी थारु समुदायको एक मात्र साझा मन्दिर अर्थात देवठन्वाको मर्मत सम्भारको लागि तत्काल केहि वजेत छुत्याएर भएपनि देउठन्वाको जर्गेना गर्नुपर्ने वताउनुहुन्छ घोराही नगरपालिक २ गुलरियाका महटवा रामप्रसाद चौधरी। अरु समुदायको मन्दिर मर्मत संभारको लागि राज्यले वजेट दिन मिल्ने तर थारु समुदायको लागि भने किन उहा प्रश्न गर्नुभयो। थारु समुदाय देउठन्वालाई कायम राख्न सक्ने हो भने थारु समुदायको पहिचान भलकाउने मात्र नभएर पर्यटकीयको रुपमा पनि देउठन्वालाई देखाउन सकिने उहाको भनाईरहेको छ। चौधरीका अनुसार देउठन्वालाई नमूना देउठन्वा वनाएर पर्यटकहरुलाई तान्न सकिने वताउनुभयो। थारुहरुको देेउठन्वा विभिन्न देवताहरुको चित्र बनाएका हुन्छन। त्यसमा पनि थारु समुदायका पुर्खाहरुले आफै सिर्जना गरेर वनाएको चित्रमा झन महत्वछ। त्यसैले पनि यस देउठन्वालाई जिल्लाको एकठाउमा पर्यटकिय रुपमा झलकाउनको लागि भएपनि नमुनाको रुपमा देउठन्वा निर्माण गरिनुपर्ने चौधरी वताउनुहुन्छ। अहिले नेपाल सरकारले हरेक समुदायको पहिचान झल्काउनको लागि सस्कृत मन्त्रालयवाट पहल भैरहेको अवस्थामा थारु समुदायको देउठन्वालाई पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनको लागि यस विषयम राज्यको ध्यान जान जरुरी रहेको चौधरीको भनाई रहेकोछ। थारु समुदायको परम्परागत देखि पूजा अर्चना गर्दै आएको देउठन्वा अर्थात भुइह्यारको भवन अहिले मर्मत सम्भार गर्न नसकेर जिर्ण अवस्थामा रहेकोल अहिले आफ्नो समुदायको पुजा आजामा समेत समयस्या भएको चौधरीको बताउनुहुन्छ।

हरेक पुजा आजा सामुहिकमा रुपमा गर्ने थारु समुदायको देउठन्वाको छुट्टै महत्व छ। अहिले थारु समुदायमा वस्ने अन्य समुदायका मान्छेले पनि थारु समुदायको देउठन्वालाई मान्दै आइरेको पाइन्छ। कुनै पनि शुभसाइतको लागि पनि देउठन्वालाई दर्शन गर्न अरु समुदायको मान्छेलाई देख्न पाइन्छ। विहेको लगनमा पनि अरु समुदायले जन्त जानेवेला पहिले थारु समुदायको साझा देउठन्वा घुमेर अर्थात दर्शन गरेर मात्र जन्त जाने पाइन्छ। जस्तै ठुलठुला मन्दिरको विश्वास अरु समुदायले गर्छन त्यति नै थारु समुदाय मात्र नभएर त्यहि गाँउमा वस्ने अरु समुदायले पनि देउठन्वाको विश्वास गर्दैआएको पाइन्छ। त्यसैले पनि जिर्ण अवस्थामा रहेको देवठन्वा अर्थात भुइहयारको मर्मत सम्भार तथा भवन निर्माणको लागि र राज्यले गम्भिर भएर लाग्नुपर्छ। आज थारु समुदायहरुको मुख्य पहिचान झल्काउने मन्दिर अर्थात देउठन्वा जिर्ण अवस्थामा पुग्दा उनिहरुको पुजाआजामा समेत समस्या भएको छ। थारु समुदायका मानिसहरुले परम्परागत देखि मान्दै आएको सस्कृतिको जर्गेना गर्नको लागि सम्वन्धित निकायले एक पटक सोच्ने होकी?

ssantosh851@gmail.com

गोरक्ष दैनिकबाट सभार

Leave a Reply

Your email address will not be published.