थारु युवाहरु एकजुट हुनुपर्ने भेलाको निष्कर्ष

सन्तोष दहित, दाङ- थारु युवा परिषद् दाङको पहिलो भेला घोराहीमा सम्पन्न भएको छ। परिषद् दाङका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षता एवं थारु कल्याण कारिणी सभा दाङको अध्यक्ष चन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यमा वक्ताहरुले थारु समुदायको अधिकारको लागि थारु युवाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा जबसम्म पहिचानसहित संघीय राज्यको व्यवस्था हुँदैन, तबसम्म थारुहरुको अधिकार प्राप्त गर्न नसकिने उनको धारणा थियो।

संघीय राज्य व्यवस्था गर्न सबै थारुहरु एक जुटहुनुपर्ने कुरा उनले औंल्याए। कार्यक्रममा दाङ जिल्लामा ३३ प्रतिशतभन्दा बढी थारु समुदायको बसोबास रहेकोमा सरकारी कार्यालयमा थारु समुदायको एउटा पनि अधिकृत लेभलमा कर्मचारी नभएको गुनासो गरे। कार्यक्रममा सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा थारु समुदायका कर्मचारीलाई यथासिघ्र अधिकृत लेभलमा बढुवा गर्नुपर्ने बताए। कार्यक्रममा बरघर भलमन्सा महटाव महासंघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी, वुद्धिजीवी सोगतविर चौधरी, नेकपा माओवादी दाङका इन्चार्ज इन्द्रजीत चौधरी, थरुहट पार्टीका केन्द्रीय सदस्य धनिराम चौधरी, बरघर भलमन्सा महटाव महासंघका केन्द्रीय सदस्य जगविर चौधरी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष ज्योतिप्रसाद चौधरी, नारायपुर नगर विकास समितिका अध्यक्ष दीपक चौधरी, गायक सालिकराम चौधरी लगायतले विचार राखेका थिए।

परिषद्का वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विषयमाथि परिषद्का महासचिव सन्तोषदहितले प्रकाश पारेका थिए। कार्यक्रमको सहजीकरण परिषद्का सचिव नविन चौधरीले गरे।

Leave a Reply

Your email address will not be published.