राष्ट्रपति भनेको सङ्कटकालीन बत्ती हो : खनाल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुक सङ्कटको अवस्थामा आइपुगेकाले राष्ट्रपति चुप लागेर बस्न नहुने बताएका छन्। ‘राष्ट्रपति भनेको सङ्कटकालीन बत्ती हो। निकासका लागि राष्ट्रपतिले के गर्नुपर्छ भन्ने कुरा उहाँले आफ्नो कर्तव्य बुझ्नुभएको छ।’

रिपोर्टर्स क्लब नेपालले आज डल्लुमा गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष खनालले वर्तमान सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिक अधिकार नभएको जिकिर गर्दै मन्त्रीहरु भ्रष्टाचारमा डुबेको, परियोजनाहरु समाप्त हुँदै गएकामा चिन्ता व्यक्त गरे। ‘यो सरकार निकासका लागि बाधक छ। सरकार रहुन्जेल कुनै सहमति हुन सक्दैन। सहमति गराउन अब दशैँ, तिहार सकिएपछि देशव्यापी आन्दोलनको तयारीमा लाग्नेछौं,’ खनालले भने।
उनले एमाओवादीका कारण संविधानका विवादित विषयमा सहमति बन्न नसक्ने दाबी गर्दै निकासका लागि मुलुकलाई नयाँ जनादेश (निर्वाचन) आवश्यक भएकामा जोड दिए। रासस

Leave a Reply

Your email address will not be published.